प्रहरीका ९ जना एसएसपीको सरुवा | Khabarhub Khabarhub

प्रहरीका ९ जना एसएसपीको सरुवा


१२ फाल्गुन २०७५, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– गृह मन्त्रालयले नेपाल प्रहरीका ९ जना वरिष्ठ उपरीक्षक (एसएसपी)को सरुवा गरेको छ ।

गृह मन्त्रालयले मन्त्रीस्तरको निर्णयानुसार फागुन ६ गतेदेखि लागू हुनेगरी एसएसपीहरुको सरुवा गरेको हो ।

महानगरीय प्रहरी परिसर काठमाडौंबाट दिल्लीस्थित नेपाली दूताबास (कन्सुलर)मा सरुवा भएका एसएसपी विश्वराज पोखरेल प्रहरीको लागू औषध नियन्त्रण ब्यूरोमा सरुवा भएका छन् ।

यस्तै प्रहरी प्रधान कार्यालय अपराध अनुसन्धान विद्यालयमा दरबन्दी रहेका राजेश कुमार लाल कर्ण संघीय प्रहरी इकाई कार्यालय लुम्बिनीमा सरुवा भएका छन् ।

तस्करीको साढे ३३ किलोसहितको ३८ क्विन्टल सुन तस्करी प्रकरणमा मुछिएर केही समय निलम्बनमा परेका दिवेश लोहनी प्रहरी प्रधान कार्यालयअन्तर्गतको अपराध अनुसन्धान विभाग (वैदेशिक महाशाखा)मा सरुवा भएका छन् ।

महानगरीय अपराध महाशाखाको प्रमुख रहेका बेला सुन तस्करी प्रकरणमा मुछिएका लोहनी प्रहरी प्रधान कार्यालय तानिएका थिए । जिल्ला अदालत मोरङको आदेशानुसार केही समय मुद्दाको पुर्पक्षका लागि थुनामा बसेका लोहनी उच्च अदालत विराटनगरको आदेशानुसार थुनामुक्त भएका हुन् ।

विस्तृतमा हेर्नुहोस्, कसको कहाँँ सरुवा भयो ?

प्रकाशित मिति : १२ फाल्गुन २०७५, आइतबार  ६ : ५३ बजे

लोकेश बम १ सय ६ रनमा आउट

काठमाडौं – आयरल्याण्ड ए विरूद्ध शतक प्रहार गरेका नेपालका लोकेश

आयरल्याण्ड ए विरूद्ध नेपालका लोकेश बमको शतक

काठमाडौं – आयरल्याण्ड ए विरूद्ध नेपालका लोकेश बमले शतक प्रहार

परीक्षा बोर्डले रद्द गर्‍यो एसईईको अनुगमन अनुमतिपत्र

काठमाडौं – राष्ट्रिय परीक्षा बोर्डले माध्यमिक शिक्षा परीक्षा (एसईई) सम्बन्धमा

चितवनमा बढे बैंकिङ कसुरका उजुरी

चितवन – जिल्ला प्रहरी कार्यालय चितवनमा चालु आर्थिक वर्षको ९

कपनबाट पेस्तोलसहित एकजना पक्राउ

काठमाडौं – नेपाल प्रहरीले कपन क्षेत्रबाट पेस्तोलसहित एकजनालाई पक्राउ गरेको