देशमा स्वतन्त्रताको लागि सबै विकल्पहरु खुला : गुआइदो | Khabarhub Khabarhub

देशमा स्वतन्त्रताको लागि सबै विकल्पहरु खुला : गुआइदो


१२ फाल्गुन २०७५, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

एजेन्सी– भेनेजुएलाका विपक्षी नेता हुआँ गुआइदोले राष्ट्रपति निकोलस मादुरोलाई हटाउन अमेरिकाले सबै विकल्प खुला गर्ने बताएका छन् ।
राष्ट्रपति निकोलस मादुरो सर्मथित सैनिक दस्ताले भेनुजुयलाको सिमाक्षेत्रमा अमेरिकीको खाना तथा औषधी बोकेको ट्रकमा आक्रमण गरेका थिए । उक्त आक्रमणमा परि दुई प्रदर्शनकारीको मृत्यु भएको थियो ।

प्रत्यक्षदर्शीका अनुसार अनुहारमा मास्क लगाएका मानिसले प्रर्दशनकारीलाई गोली हानेका थिए ।  ‘आजको घटनाबाट मलाई एउटा निर्णय लिन बाध्य बनाएको छ । देशको स्वतन्त्राको लागि विश्व समुदायलाई सबै विकल्प खुल्ला गर्ने आधिकारिक रुपमा प्रस्ताव गर्न आवश्यक देखिएको छ ’ गुइदोले ट्विटरमा लेखिएको छ ।

गुआइदोलाई अमेरिकाले सर्मथन गर्दै आएको छ । यसैबीच गुआइदोले मादुरोलाई सहायता सामग्री देश भित्र्याउन आह्वान गर्ने बताएका छन् । उनले अमेरिकी उपराष्ट्रपति माइक पेन्ससँग सोमबार भेटवार्र्ता गर्ने समाचारमा बताइएको छ । यसले मादुरोलाई पद त्याग गर्न थप दबाब पुग्ने अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् ।

प्रकाशित मिति : १२ फाल्गुन २०७५, आइतबार  ६ : ०८ बजे

उत्तरी इलेनोइसमा छुरा प्रहार, ४ जनाको मृत्यु

अमेरिका– संयुक्तराज्य अमेरिकाको उत्तरी इलेनोइसमा एक व्यक्तिले जथाभावी छुरा प्रहार

नेपाल ‘ए’ र आयरल्यान्ड ‘ए’बीचको खेल रद्द

काठमाडौं– नेपाल ‘ए’ र आयरल्यान्ड ‘ए’बीचको खेल रद्द भएको छ

नोबेल पुरस्कार विजेता अर्थशास्त्री डानियलको निधन

काठमाडौं– नोबेल पुरस्कार विजेता डानियल कान्हेम्यानको ९० वर्षको उमेरमा निधन

वीरगञ्ज भन्सारबाट एक अर्ब राजस्व संकलन 

वीरगञ्ज– मुलुककै मुख्य व्यापारिक नाका वीरगञ्ज भन्सार कार्यालयले चालु आर्थिक

डा. आरजु राणाको शल्यक्रिया सम्पन्न

 काठमाडौं– पूर्व प्रधानमन्त्री शेरबहादुर देउवाकी पत्नी एवं नेपाली कांग्रेस केन्द्रीय