ट्विटरका सहसंस्थापक विलियम्सले दिए राजीनामा | Khabarhub Khabarhub

ट्विटरका सहसंस्थापक विलियम्सले दिए राजीनामा


१२ फाल्गुन २०७५, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

एजेन्सी– माइक्रेब्लगिङ साइट ट्वीटरका सहसंस्थापक तथा पूर्व सीइओ इभान विलियम्सले राजीनामा दिएका छन् । उनले अब आफ्नो ध्यान अरु नै काममा लगाउने जनाएका छन् ।

हाल ब्लगिङ प्लेटफर्म मिडियमका कार्यकारी अधिकृत समेत रहेका विलियम्स सन् २००८ देखि २०१० सम्म ट्वीटरको प्रमुख कार्यकारी अधिकृत सीइओका रुपमा कार्यरत थिए ।

विलियम्सले सन् २०११ मा ट्वीटर छाडे पनि साइटका कार्यसमिति सदस्यका रुपमा रहेका थिए । यसअघि सन् २०१७ मा उनले कम्पनीमा रहेको आफ्नो ३० प्रतिशत शेयर बिक्री गरेका थिए ।

कम्पनी छाड्ने घोषणासम्बन्धी ट्वीटमा विलियम्सले ट्वीटरका संस्थापक तथा साथी बिज स्टोन र कम्पनीमा कार्यरत सबैलाई धन्यवाद दिएका छन् ।

प्रकाशित मिति : १२ फाल्गुन २०७५, आइतबार  ५ : १६ बजे

डोल्पामा हिउँ चितुवाको सङ्ख्या नेपालमै उच्च

डोल्पा । हिमाली जिल्ला डोल्पामा दुर्लभ वन्यजन्तु हिउँ चितुवाको सङ्ख्या

सगरमाथा आरोहणका लागि तीन सय ५२ आरोहीले लिए अनुमति

काठमाडौं । यस वर्षको वसन्तयाममा सगरमाथा आरोहणका लागि तीन सय

काठमाडाैंमा ‘रोडसाइड रोलकल’ सडक संवाद सुरु

काठमाडौं । जिल्ला प्रहरी परिसर काठमाडौंले आज स्वयम्भूस्थित महाचैत्य प्राङ्गणमा

भारतले रोक्यो नेपाली चियाको निर्यात

झापा । भारतले पटके गुणस्तर परीक्षणको नयाँ प्रावधान लागू गरेर

त्रिभुवन विमानस्थलबाट आठ सय ५० ग्राम सुनसहित एक महिला पक्राउ

काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट प्रहरीले करिब आठ सय ५०