किर्ते धन्दा र लागुऔषध कारोबार गर्ने दुई दाजुभाइ पक्राउ | Khabarhub Khabarhub

किर्ते धन्दा र लागुऔषध कारोबार गर्ने दुई दाजुभाइ पक्राउ


१२ फाल्गुन २०७५, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौ– प्रहरीले काठमाडौंको बेशीगाउँबाट किर्ते छाप र लागुऔषध कारोबार गरेको आरोपमा दुई दाजुभाईलाइ पक्राउ गरेको छ ।
महानगरीय प्रहरी वृत्त बौद्धको टोलीले गोप्य सूचनाका आधारमा नक्कली छाप र लागुऔषध कारोबार गर्ने दाजुभाईलाइ नियन्त्रणमा लिएको हो ।

पक्राउ पर्नेमा काठमाडौंका सुजन मगर र सुरेश मगर छन् । महानगरीय प्रहरी वृत्त बौद्धका प्रमुख डीएसपी नरेन्द्र चन्दका अनुसार, दुईदाजुभाई मिलेर लागुऔषध कारोबारी भन्ने थाहा पाएपछि प्रहरीले मगरको कोठामा छापा मारेको थियो ।

उनीहरुको साथबाट १६ थान फेनारागन, ११ थान नर्फिन र १४ थान डाइजेल्याप गरी जम्मा ४१ थान लागुऔषध बरामद गरिएको प्रहरीले जनाएको छ ।

त्यसैगरी उनिहरुका साथबाट विभिन्न सरकारी कार्यालय तथा विभिन्न संघ संस्थाका १ सय ८९ थान छाप समेत बरामद गरेको प्रहरीले जनाएको छ । दाइ सुजन मगरलाई पक्राउ गरेर प्रहरीले अनुसन्धान अगाडि बढाएपछि निजले आफ्नो भाइको काठमाडौँ चुच्चेपाटीस्थित टावी इन्टरनेशनल कन्सल्टेन्सी भएको र छापहरु उक्त कन्सल्टेन्सीको रहेको बताएका थिए ।

लगत्तै प्रहरीले कन्सल्टेन्सीमा समेत छापा मारी विभिन्न सरकारी कार्यालयका लेटरप्याड, विभिन्न प्रदेश, गाउँपालिका, नगरपालिका तथा वडाले प्रमाणित गरेका नक्कली कागजातहरु फेला पारेको थियो ।

प्रकाशित मिति : १२ फाल्गुन २०७५, आइतबार  ३ : ३८ बजे

कोशी प्रदेशमा संकल्प प्रस्ताव टेबुल

काठमाडौं– कोशी प्रदेशमा संकल्प प्रस्ताव टेबुल भएको छ । नेकपा

रुखबाट खसेर एक जनाको मृत्यु

ढोरपाटन– बागलुङमा घाँस काट्ने क्रममा रुखबाट खसेर एक जनाको मृत्यु

आफ्ना नागरिकलाई इजरायल छोड्न अस्ट्रेलियाको निर्देशन

काठमाडौं– अस्ट्रेलियाले आफ्ना नागरिकलाई इजरायल छोड्न निर्देशन दिएको छ ।

सोमपालको बलमा युएइका कप्तान आउट

काठमाडौँ– नेपालले युएईविरुद्ध पहिलो सफलता हासिल गरेको छ । एसीसी

नेपालले युएईलाई दियो १२० रनको लक्ष्य

काठमाडौं– नेपालले युएईलाई १२० रनको लक्ष्य दिएको छ । एसीसी