अवैध कामदारमाथि मलेसिया प्रहरीको धरपकड, नेपाली कामदार पनि प्रभावित | Khabarhub Khabarhub

अवैध कामदारमाथि मलेसिया प्रहरीको धरपकड, नेपाली कामदार पनि प्रभावित


१२ फाल्गुन २०७५, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

मलेसिया सरकारले श्रम अवधि सकिएपनि स्वदेश नफर्कि मलेसियामै वसिरहेका आप्रवासी कामदारमाथी धरपकड शुरु गरेको छ ।

मलेसियन अध्यागमन प्रहरीले साह आलम, श्रीमुडा सेलेंगरमा आइतवार विहानदेखि नै व्यापक रुपमा छापा मारिरहेको मलेसियाका स्थानीय सञ्चार माध्यमले जनाएका छन् । प्रहरीले ठूलो संख्यामा विदेशी कामदार पक्राउ गरेको हुनसक्ने सञ्चारमाध्यमले जनाएका छन् ।

भिसाको म्याद सकिएरपनि अवैधानिक रुपमा बसेर रोजगारी गरिरहेको विदेशी कामदार बसेको क्षेत्रलाई लक्षित गरेर मलेसियामा केही समय यता अध्यागमन प्रहरीले व्यापक धरपकड गरिरहेको हो ।

प्रहरीले जलान कार्ड (परिचयपत्र), वर्क परमिट र पासपोर्टको प्रतिलिपि नभएका विदेशी कामदारलाई पक्राउ गरेर अनुसन्धान गरिरहेको जनाएको छ । गएको ६ महिनादेखि मलेसिया सरकारले अवैध विदेशी कामदारमाथि निगारानी बढाइरहेका छ । पछिल्लो समय मलेसिया सरकारले गरेको धरपकडमा अवैध भएर काम गरिरहेका नेपाली कामदारसमेत परेका छन् ।

प्रकाशित मिति : १२ फाल्गुन २०७५, आइतबार  १२ : २२ बजे

बुधबार कृष्ण भगवानको पूजा गर्नुहोस्

काठमाडौं – आज २०८१ साल वैशाख १२ गते बुधबार तदनुसार

आज २०८१ साल वैशाख १२ गते बुधबारको राशिफल

काठमाडौं – आज २०८१ साल वैशाख १२ गते बुधबार तदनुसार

१२ वर्षमा एक हजार दुई सयको मिर्गौला प्रत्यारोपण

भक्तपुर । सहिद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्रले स्थापनाको १२ वर्षमा

भूक्षयबाट जोगाउन सनवोरामा जैविक तटबन्ध

कञ्चनपुर । भूक्षयबाट जोगाउन कञ्चनपुरको शुक्लाफाँटा नगरपालिकामा रहेको सनवोरा नदीमा

कतारसँग नेपालको व्यापार : सानो तर सधैँ घाटामा

काठमाडौं – अन्तरदेशीय व्यापारमध्ये कतारसँग नेपालको व्यापार हिस्सा सानो परिमाणमा