शरीर बनाउन अमेरिका पुगे आमिर, गजनी या दंगल जस्तै धमाकेदार फिल्म बन्ने चर्चा | Khabarhub Khabarhub

शरीर बनाउन अमेरिका पुगे आमिर, गजनी या दंगल जस्तै धमाकेदार फिल्म बन्ने चर्चा


१२ फाल्गुन २०७५, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

सन् २००८ मा आमिर खानले जब फिल्म गजनीका लागि ८ प्याक शरीर बनाएका थिए तब फिल्म उद्योगका बडीबिल्डर अभिनेताहरु अचम्ममा परेका थिए । यी मिस्टर परफेक्शनिस्टको कडा मिहेनताको परिणाम थियो कि उनी एक वर्ष भित्र निकै परिवर्तन भएका थिए ।

आमिरको शरीर र उनको एक्शन भरपुर भएको फिल्म गजनीले फिल्म उद्योगमा निकै चर्चा कमाएको थियो । भने बलिउडमा पहिलो १०० करोड कमाउने फिल्म बनेको थियो । आजभोलि १०० करोड कमाउने कुरा सहज भएपनि आजभन्दा १० वर्ष अघि यस्तो अवस्था थिएन । गजनी क्रिस्टोफर नोलनको फिल्म मेमेंटोको रिमेक थियो ।

यसपछि फिल्म दंगलको लागि हरियाणाका पहलवान बनेको आमिरमले यति भेरै वजन बढाएकी मानिसलाई लागेको थियो आमिर एकदम क्रेजी भएका छन् । महावीर फोगटको भूमिका निभाउनका लागि उनले पहिला २७ किलो वजन बढाएर ९५ किलोका भएका थिए । जसका कारण आमिरको स्वास्थ्यमा समेत समस्या आएको थियो । तर पछि उनले ६ महिनाभित्र २५ किलो वजन घटाएका थिए ।

आमिरले धूम तीन, पीके जस्ता फिल्ममा फरक भूमिका देखाएका छन् तर दंगल तथा गजनिका लागि उनले आफनो शरीरमा ल्याएको परिवर्तनलाई विशेष ख्याल गरिने गरिएको छ ।

आमिर एकपटक फेरि खतरनाक स्तरमा शरीरलाई बनाउन लागि परेका छन् । न्यूयोकको चर्चित फिटनेश गुरु जेफ केवेलियरसँग भेटघाट गरेर उनीसँगै एक्सरसाइज पनि गरिरहेका समाचार भारतीय सञ्चारमाध्यमहरुमा छन् ।

आमिरले उनीसँग भेटेर व्यायाम गर्न थालेको विषय भारतीय फिल्म उद्योगमा चर्चामा पुगेको छ । आखिर किन आमिरले कडा व्यायाम गर्न थाले ? अहिलेसम्म कुनै खुलासा भएको छैन तर भारतीय फिल्म उद्योगमा भने आमिरले फेरि नयाँ फिल्म ल्याउन लागेको र त्यो गजनीको सिक्वेल पनि हुनसक्ने अनुमानहरु गरिएको छ ।

प्रकाशित मिति : १२ फाल्गुन २०७५, आइतबार  ९ : ४२ बजे

जबरर्जस्ती सामुदायिक वनका रुख नकाट्न माग

काठमाडौं । मलुकभरको सामुदायिक वन उपभोक्ता समूहहरुको छाता सङ्गठन सामुदायिक

स्ट्रबेरी खेतीतर्फ आकर्षित हुँदै दाङका युवा

दाङ – लहरै रोपिएका स्ट्रबेरीका बिरुवामा फलेका फल पाकेर लटरम्म

नेपाल हुँदै भारत प्रवेश गर्न खोज्ने दुई चिनियाँ नागरिक पक्राउ

काठमाडौं । नेपाल हुँदै अवैध रुपमा भारत प्रवेश गर्न खोजेको

नेपालीपन झल्कने गरी विद्यालयको नामकरण गर्न आग्रह

काठमाडौं – काठमाडौं महानगरपालिकाले महानगरभित्रका निजी विद्यालयलाई नेपाली नामकरण गर्न

केजरीवाललाई थप चार दिन हिरासतमा राख्न अनुमति

नयाँ दिल्ली – मदिरा नीति घोटाला प्रकरणमा पक्राउ परेका दिल्लीका