मुत्ररोग सम्बन्धी शल्य चिकित्सकको राष्ट्रिय सम्मेलन सम्पन्न « Khabarhub

मुत्ररोग सम्बन्धी शल्य चिकित्सकको राष्ट्रिय सम्मेलन सम्पन्न


१२ फाल्गुन २०७५, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

पोखरा– फागुन ९ गतेदेखि पोखरामा शुर भएको मुत्ररोग सम्बन्धी शल्य चिकित्सकहरुको पाँचौ राष्ट्रिय सम्मेलन सम्पन्न भएको छ ।

मुत्ररोग सम्बन्धी शल्य चिकित्सकहरुको राष्ट्रिय संगठनको आयोजनामा भएको सम्मेलनमा महिलामा हुने मुत्ररोग सम्बन्धी  समस्याहरुको विषयमा छलफल भएको मुत्ररोग विशेषज्ञ डाक्टर पवनराज चालिसेले बताए ।

सानै उमेरमा गर्भवती हुने, घरमै बच्चा जन्माउने तथा  प्रसव पीडाको समयमा उचित स्यहार नपाउँदा महिलामा पिसाब चुहिने, पाठेघर खस्ने र मुत्ररोगको संक्रमण बढ्दै जाने गरेको पाइएको हुँदा सो विषयमा छलफल गरिएको डा चालिसेले बताए ।

सम्मेलनमा सहभागी चिकित्सकहरुले महिलामा हुने मुत्ररोगको उपचारमा राष्ट्रिय तथा अन्तर्राष्ट्रिय क्षेत्रमा गरिने पद्धति र उपचार अनुभव आदानप्रदान गरेका थिए ।

सम्मेलनमा नेपालसहित भारत, चीन,श्रीलंका, पाकिस्तान, मलेसिया,संयुक्र राज्य अमेरिका, हंङकङ र सिंगापुरका दुईसय जना मुत्ररोग सम्बन्धी शल्य चिकित्सको सहभागिता रहेको थियो ।

प्रकाशित मिति : १२ फाल्गुन २०७५, आइतबार  ८ : १५ बजे

लुम्ले र जुमलेटीमा भारी वर्षा, बाढीको जोखिम

काठमाडौँ – मनसुनी वायु सक्रिय भएसँगै वर्षा हुने क्रम बढेको

जीतपुर-सीमरा नगर उद्योग वाणिज्य संघको निर्वाचन : मतगणना आज

बारा – जीतपुर-सीमरा नगर उद्योग वाणिज्य संघको नेतृत्व चयनका लागि

चीनमा बढ्दै छ घरेलु हिंसा

चिनियाँ सहर ताङसानमा शुक्रबारको साँझ। महिलाहरूको एउटा समूह डिनर लिइरहेको

राष्ट्रिय सभाको बैठक बस्दै (कार्यसूचीसहित)

काठमाडौँ – संघीयको माथिल्लो सदन राष्ट्रियसभाको बैठक आज (आइतबार) बस्दैछ।

साउदीमा १५ हजार बढी अवैध आप्रवासी पक्राउ 

दोहा – साउदीले गैर कानुनी कामदारमाथि धड्पकड तीव्र पारेसँगै थप