सरकारले समृद्धिको जग बसाली सक्यो : मन्त्री बाँस्कोटा | Khabarhub Khabarhub

सरकारले समृद्धिको जग बसाली सक्यो : मन्त्री बाँस्कोटा


७ भाद्र २०७६, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

अर्घाखाँची– सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुलप्रसाद बाँस्कोटाले सरकारले मुलुकको समृद्धिको जग बसालिसकेको र यसको परिणाम केही समयमै देखिने बताएका छन् ।

राजनीतिक अधिकारप्राप्तिको लडाईं पूरा भएकाले अबको समय उत्पादन, निर्माण र विकास रहेको भन्दै मन्त्री बाँस्कोटाले उत्पादनका क्षेत्रलाई बलियो बनाएर उत्पादकत्व बढाउने र त्यसैका माध्यमबाट समृद्धिलाई साकार पारिनेसमेत बताए ।

अर्घाखाँचीको शीतगङ्गा नगरपालिकाको ठाडामा रेडियो शीतगङ्गा तथा खुला तीज गीत प्रतियोगितामा आज उनले सरकारका प्रवक्तासमेत रहेका मन्त्री बाँस्कोटाले जनताको विश्वासलाई वर्तमान सरकारले कुठाराघात र बेइमानी कहिल्यै नगर्ने बताए ।

सरकारले विकास गरेन भनेर भन्ने दूरप्रचार भइरहेको बताउँदै उनले सरकारले गरेका कामलाई राम्रोसँग नियाल्न आग्रह गरे । सरकार अब खरोरुपमा उत्रने बताउँदै उनले निर्वाचनमा सरकारले गरेका कामको मूल्याङ्कन जनताले नै गर्ने र जनताको परीक्षामा उत्तीर्ण भएरै छाड्ने बताए ।

प्रकाशित मिति : ७ भाद्र २०७६, शनिबार  ८ : ५७ बजे

बोक्सीको घरको प्रिमियर सम्पन्न

काठमाडौं – शुलक्षण भारतीको लेखन तथा निर्देशन रहेको फिल्म ‘बोक्सी’को

आगोले पाइप जलेपछि खानेपानीको समस्या

स्याङ्जा – वनमा लागेको आगोले पाइप जलेपछि गाउँमा खानेपानीको समस्या

मटिहानीमा लागेको आगो ६ घण्टापछि नियन्त्रण

जलेश्वर । महोत्तरीको मटिहानी नगरपालिका–६ जरलहवाहत्ता टोलमा आज दिउँसो लागेको

डोल्पामा जेठ १० गतेदेखि यार्सा सङ्कलन खुला

डोल्पा । हिमाली जिल्ला डोल्पामा आगामी जेठ १० गतेदेखि औपचारिकरुपमा

प्रहरीद्वारा १६ लाख बराबरको सामान बरामद

कञ्चनपुर । कञ्चनपुरमा भारतबाट भन्सार छली गरी ल्याएको रु १६