शंकरले हस्तान्तरण गरे ईश्वर पोखरेललाई स्कूल विभागको जिम्मेवारी | Khabarhub Khabarhub

शंकरले हस्तान्तरण गरे ईश्वर पोखरेललाई स्कूल विभागको जिम्मेवारी


७ भाद्र २०७६, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नेकपाका नेता ईश्वर पोखरेलले नेपाल कम्युनिष्ट पार्टीको स्कूल विभाग प्रमुखको जिम्मेवारी लिएका छन् ।

ललितपुरस्थित तुल्सीलाल स्मृति प्रतिष्ठानमा सनिबार विशेष कार्यक्रमगरी पोखरेललाई स्कूल विभाग प्रमुखको जिम्मेवारी हस्तान्तरण गरिएको हो । तत्कालिन नेकपा एमालेका स्कूल विभाग प्रमुख शंकर पोखरेलले नेता ईश्वर पोखरेललाई स्कूल विभाग प्रमुखको जिम्मेवारी हस्तान्तरण गरेका हुन् ।

स्कूल विभाग प्रमुखको जिम्मेवारी लिएपछि नेता पोखरेलले विचार र संगठनलाई थप व्यवस्थित र सुदृढ बनाउदै नेतृत्व निर्माणमा अघि बढ्ने प्रतिवद्धता जाए ।

परिर्वतित अवस्थामा हिजोको ढाँचाबाट नेतृत्व निर्माण हुन नसक्ने भन्दै उनले नेतृत्व निर्माणमा नयाँ ढंगले अघि बढ्ने बताए । सिंगो पार्टी पंक्तिले राजनीतिक कार्यदिशाको बारेमा एउटै बुझाई बुझ्ने र एउटै बोली बोल्नुपर्ने उनको भनाइ थियो ।

स्कूल विभागको जिम्मेवारी लिन रस्साकस्की चलिरहेको बेला पोख्रेलले जिम्मेवारी पाएका हुन् । एकता अघि उनी तत्कालिन नेकपा एमालेका महासचिव थिए ।

प्रकाशित मिति : ७ भाद्र २०७६, शनिबार  १० : २० बजे

जबरर्जस्ती सामुदायिक वनका रुख नकाट्न माग

काठमाडौं । मलुकभरको सामुदायिक वन उपभोक्ता समूहहरुको छाता सङ्गठन सामुदायिक

स्ट्रबेरी खेतीतर्फ आकर्षित हुँदै दाङका युवा

दाङ – लहरै रोपिएका स्ट्रबेरीका बिरुवामा फलेका फल पाकेर लटरम्म

नेपाल हुँदै भारत प्रवेश गर्न खोज्ने दुई चिनियाँ नागरिक पक्राउ

काठमाडौं । नेपाल हुँदै अवैध रुपमा भारत प्रवेश गर्न खोजेको

नेपालीपन झल्कने गरी विद्यालयको नामकरण गर्न आग्रह

काठमाडौं – काठमाडौं महानगरपालिकाले महानगरभित्रका निजी विद्यालयलाई नेपाली नामकरण गर्न

केजरीवाललाई थप चार दिन हिरासतमा राख्न अनुमति

नयाँ दिल्ली – मदिरा नीति घोटाला प्रकरणमा पक्राउ परेका दिल्लीका