विकासबारे पढ्नका लागि चीन गए १८ जना मेयर र उपमेयर | Khabarhub Khabarhub

विकासबारे पढ्नका लागि चीन गए १८ जना मेयर र उपमेयर


७ भाद्र २०७६, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– विभिन्न नगरपालिकाका प्रमुख र उपप्रमुखसहितको टोली सहरी विकास योजना, विपद व्यवस्थापन रोकथाम लगायतका विषयमा अध्ययन गर्न चीन पुगेको छ ।

नेपालका विभिन्न नगरपालिकाका १८ जना मेयर र उपमेयर यतिबेला चीनको ‘युनान युनिभर्सिटी अफ फाइनान्स एण्ड इकोनोमिक इन्टरनेशनल विजनेश स्कुल’ मा अध्ययन गरिरहेका छन् ।

८ दिनसम्म विभिन्न क्षेत्रका प्राध्यापकहरुले नेपालका १८ जना मेयर र उपमेयरलाई विभिन्न विषयमा जानकारी गराउने कक्षा लिइरहेका छन् ।

दिनको ६ घन्टाका दरले ८ दिनसम्म अध्ययन गर्नका लागि नेपालबाट नगरपालिका संघका अध्यक्ष एवं धुलिखेल नगरपालिकाका मेयर अशोक ब्यान्जुसहितको टोली चीन पुगेको हो ।

नेपाल सरकार र नेपालस्थित चिनियाँ राजदूतावासको समन्वयमा आयोजना गरिएको उक्त अध्ययन कार्यक्रमका लागि धुलिखेलसहित बुढानिलकण्ठ, बुटवल, पोखरा, मेची, खादवारी, दमक, जिरी, भीमदत्त, धरान, हरिवन, तुलसिपुर, विरेन्द्रनगर र निजगढका मेयर र केहीमा नगरपालिकाको तर्फबाट उपमेयर सहभागी भएका छन् ।

आधुनिक चीनको विकास, आर्थिक र व्यापार विकास, विश्व बजारीकरणमा आधारित चिनियाँ कानूनी पद्दती, गरिबी निवारण, विपद् व्यवस्थापन र रोकथाम, चिनियाँ सहरी विकास योजना र सरकारी प्रयोग लगायतका विषमा मेयर र उपमेयरहरुलाई कक्षामा जानकारी गराउने कार्यतालिका रहेको छ ।

यो अध्ययनले चीनको विकास, समृद्धि, चिनियाँ अर्थतन्त्रबारे जाकारी लिन सहयोग पुग्ने अध्ययनमा सहभागी नगरपालिका संघका अध्यक्ष ब्यान्जुले बताए ।
अध्ययनले चिनिले गरेको विकासको मोडललाई नेपालमा कसरी प्रयोग गर्न सकिन्छ भन्ने जानकारी लिन सहयोग पुग्ने ब्यान्जुको भनाइ छ ।

चीनको अर्थ(राजननीति र सहरी पूर्वाधार विकासको अवधारणा तथा सास्कृतिक र सामजिक रुपान्तरण कसरी भए र गरे भन्ने जान्न पनि यो अध्ययन महत्वपूर्ण हुने उनको भनाइ छ ।

‘नेपालका सहरहरुको योजनावद्ध विकास, नगर अर्थ व्यवस्था गरीबी निवारण, सहरी पूर्वाधार र जोखिम न्यूनीकरण लगायतबारे थप जानकारी प्राप्त गर्न सहयोग पुग्छ,’ मेयर ब्यान्जुले भने,‘चीनले गरेको विकासका मोडलहरु नेपाल अनुकुल छ छैन भन्ने विषयमा पनि अध्ययन महत्वपूर्ण हुन्छ । नयाँ नयाँ बनेका नगरपालिकालाई विकासका योजना बनाउन समेत यो अध्ययन सहयोगी बन्न पुग्छ ।’

प्रकाशित मिति : ७ भाद्र २०७६, शनिबार  ८ : २६ बजे

बोक्सीको घरको प्रिमियर सम्पन्न

काठमाडौं – शुलक्षण भारतीको लेखन तथा निर्देशन रहेको फिल्म ‘बोक्सी’को

आगोले पाइप जलेपछि खानेपानीको समस्या

स्याङ्जा – वनमा लागेको आगोले पाइप जलेपछि गाउँमा खानेपानीको समस्या

मटिहानीमा लागेको आगो ६ घण्टापछि नियन्त्रण

जलेश्वर । महोत्तरीको मटिहानी नगरपालिका–६ जरलहवाहत्ता टोलमा आज दिउँसो लागेको

डोल्पामा जेठ १० गतेदेखि यार्सा सङ्कलन खुला

डोल्पा । हिमाली जिल्ला डोल्पामा आगामी जेठ १० गतेदेखि औपचारिकरुपमा

प्रहरीद्वारा १६ लाख बराबरको सामान बरामद

कञ्चनपुर । कञ्चनपुरमा भारतबाट भन्सार छली गरी ल्याएको रु १६