बलात्कार प्रयासको आरोपमा वडा सचिवविरुद्ध मुद्दा दर्ता | Khabarhub Khabarhub

बलात्कार प्रयासको आरोपमा वडा सचिवविरुद्ध मुद्दा दर्ता


७ भाद्र २०७६, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

ओखलढुङ्गा– जिल्लाका एक वडा सचिवविरुद्ध जबर्जस्ती करणी उद्योगमा मुद्दा दर्ता भएको छ । सुनकोशी गाउँपालिका–७ का वडा सचिव ४५ वर्षीय चेतबहादुर कट्वालविरुद्ध जबर्जस्ती करणी उद्योगमा मुद्दा दर्ता भएको हो । वडा सचिव कट्वाल सुनकोशी गाउँपालिकाको च्यानमका स्थानीय बासिन्दा हुन् ।

भदौ १ गते स्थानीय एक २३ वर्षीया महिलालाई बलात्कार प्रयास गरेको उजुरीका आधारमा वडा सचिव कट्वालविरुद्ध मुद्दा दर्ता गरेर अनुसन्धान थालिएको ओखलढुङ्गाका प्रहरी निरीक्षक राजीव श्रेष्ठले जानकारी दिए । पीडितको जाहेरीपछि आरोपित फरार रहेकाले खोजी भइरहेको जिल्ला प्रहरी कार्यालय ओखलढुङ्गाले जनाएको छ ।

यसैगरी प्रहरीले बलात्कार आरोपमा एक सरकारी कर्मचारीसहित दुई जनाविरुद्ध जबर्जस्ती करणीको मुद्दा दर्ता गरेको छ । सात वर्षीया बालिका बलात्कार गरेको अभियोगमा मोलुङ गाउँपालिका–६ श्रीचौरका १८ वर्षीय कुमार तामाङविरुद्ध जबर्जस्ती करणी मुद्दा दर्ता भएको हो ।

नाताले भाञ्जी पर्ने ती बालिकालाई घरैमा गएर मङ्गलबार बलात्कार गरेपछि अभिभावकको उजुरीका आधारमा घरैबाट पक्राउ गरेर मुद्दा चलाइएको प्रहरी निरीक्षक श्रेष्ठले बताए ।

प्रकाशित मिति : ७ भाद्र २०७६, शनिबार  १२ : ३३ बजे

राष्ट्रपति पौडेलद्वारा सेतो मच्छिन्द्रनाथको दर्शन

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले आज सेतो मच्छिन्द्रनाथको दर्शन गर्नुभई

वनलाई हात्तीमैत्री बनाउनुपर्छ : राजेन्द्र लिङ्देन

झापा । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देनले वन क्षेत्रलाई

स्थानीयस्तरबाट खेलाडी तयार गर्न राज्यले विशेष ध्यान दिनु आवश्यक छ : राष्ट्रपति पौडेल

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले खेलकुदका माध्यमबाट देशलाई विश्वमाझ चिनाउन

देशैभर पुग्यो पाठ्यपुस्तक

भक्तपुर – जनक शिक्षा सामग्री केन्द्र लिमिटेडले देशभर पाठ्यपुस्तक पुर्‍याएको

सुनिलको शानदार शतक, राजस्थानलाई विशाल लक्ष्य

काठमाडौं । इन्डियन प्रिमियर लिग (आईपीएल) मा कोलकाता नाइट राइडर्सले