एक्टिभ स्पोर्टसले स्कोडा अन्तर बैंक फुटसल च्याम्पियनसिप गराउने | Khabarhub Khabarhub

एक्टिभ स्पोर्टसले स्कोडा अन्तर बैंक फुटसल च्याम्पियनसिप गराउने


८ श्रावण २०७६, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– एक्टिभ स्पोर्टस कम्प्लेक्सले पहिलो स्कोडा अन्तर बैंक फुटसल च्याम्पियनसिप आयोजना गर्ने भएको छ । ढोलाहिटीस्थित कम्प्लेक्सका दुई फुटसल मैदानमा आगामी शनिबारबाट हुने प्रतियोगितामा विभिन्‍न बैंकका २० टिम सहभागी हुने आयोजकले जनाएको छ ।

बैंकका कर्मचारीलेमात्र खेल्न पाउने प्रतियोगिताका सहभागी टोलीलाई चार समूहमा विभाजन गरिएको छ। प्रतियोगिता लिगकम नकआउट प्रणालीमा हुने आयोजकले बताएको छ ।

प्रतियोगिताको समूह ‘ए’ मा एनआईबिएल, ग्लोबल आइएमई, नबिल, कुमारी र लक्ष्मी बैंक छन्। यसैगरी समूह ‘बी’ मा सिद्धार्थ, सिटिजन, मेगा, माछापुच्छ्रे र एनआइसी एसिया, समूह ‘सी’ मा एनसिसी, आरबिबी, सिभिल, प्रभु र सेन्चुरी बैंक छन्। यसैगरी समूह ‘डी’ मा हिमालयन, एनएमबी, सनराइज, नेपाल बंगलादेश र बैंक अफ काठमाडौं छन्।

पहिलो चरणबाट प्रत्येक समूहका शीर्ष दुई टोली क्‍वार्टरफाइनल पुग्‍नेछन्। समूह चरणका खेलहरु शनिबार हुनेछ भने नकआउट चरणका खेल अर्को शनिबार हुने आयोजकले जनाएको छ।

प्रतियोगिताको विजेता टोलीले नगद १ लाख रुपैयाँ पाउनेछ भने उपविजेता टोलीले ५० हजार रुपैयाँ पाउनेछन् ।

प्रकाशित मिति : ८ श्रावण २०७६, बुधबार  ६ : २१ बजे

बैतडीमा आगलागी, ५ लाख बराबरको क्षति 

काठमाडौं– बैतडीमा दुई घरमा आगलागी भएको छ। जंगलमा लागेको आगोबाट

क्यानडामा विदेशी नागरिकलाई घर किन्न प्रतिबन्ध

क्यानडा– विदेशीलाई क्यानडामा २ वर्षसम्म जग्गा किन्न प्रतिबन्ध लगाइएको छ

आइपिएलमा आज लखनउ र चेन्नई खेल्दै

काठमाडौं- इन्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत आज एक खेल हुँदै

हर्नियाको जोखिममा पुरुष : समयमा उपचार नगरे ज्यानै जाने खतरा

काठमाडौं – हर्निया शरीरको कुनै अङ्गको अतिरिक्त विकास भएर उत्पन्न

इन्डोनेसियामा भयानक ज्वालामुखी बिष्फोट, ११ हजार बढीलाई अन्यत्र सारियो

जाकार्ता– इन्डोनेसियामा निरन्तर भयानक ज्वालामुखी विस्फोट भए पछि ११ हजारभन्दा