भारतबाट खसी बोका चोरी गर्ने ३ जना नेपाली पक्राउ | Khabarhub Khabarhub

भारतबाट खसी बोका चोरी गर्ने ३ जना नेपाली पक्राउ


८ श्रावण २०७६, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

बर्दिया– भारतबाट खसी चोरेर नेपालमा बिक्री गर्ने ३ जनालाई प्रहरीले पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा बाँकेको राप्ती सोनारी गाउँपालिका–२ घर भएका २८ वर्षीय भीमबहादुर घर्तीसहित ३ जना छन् । पक्राउ परेका घर्ती चोरीका खसी बोका ओसार्न प्रयोग भएकाे ट्रकका चालक हुन् ।

उनीहरु भारतबाट चोरी गरेर ना १ ख ५७२८ नम्बरको ट्रकमा खसी ल्याउँदै गरेको अवस्थामा बर्दियाको बाँसगढी नगरपालिका–७ बाट पक्राउ परेका हुन् ।

प्रहरीका अनुसार उनीहरुले भारतबाट ७२ वटा खसी बोका चोरी गरेर ट्रकमा हालेर नेपाल ल्याएका थिए ।

नेपालमा बिक्री गर्ने उद्देश्यले भारतबाट चोरी गरेर ल्याइएका खसी बोकासहित पक्राउ परेका तीनैजना माथि थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय बाँकले जानकारी दिएको छ ।

प्रकाशित मिति : ८ श्रावण २०७६, बुधबार  ३ : ०३ बजे

राष्ट्रिय महिला टिमका ६ क्रिकेटरले मलेसियामा सुपर कप खेल्ने

काठमाडौं- नेपाली राष्ट्रिय महिला क्रिकेट टिमका ६ क्रिकेटरले मलेसियाको सुपर

बाँकेमा दुई सय ६५ घरेलु उद्योग बन्द

राँझा– बाँकेमा चालु आर्थिक वर्षको नौ महिनामा दुई सय ६५

कर्णालीमा चालु आवको हालसम्म २५ प्रतिशत मात्रै बजेट खर्च

काँक्रेविहार– प्रदेश संरचना बनेको सात वर्षमा कर्णाली प्रदेशमा पाँच वटा

नीति र नेतृत्वमा एमालेभित्र विवाद छैन : ओली

काठमाडौं– नेपाल (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले नीति र