संसद बैठक चलाउन प्रतिपक्षी कांग्रेस सहमत | Khabarhub Khabarhub

संसद बैठक चलाउन प्रतिपक्षी कांग्रेस सहमत


८ श्रावण २०७६, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- सत्तारुढ दल नेकपा र प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसबीचको सहमतिपछि प्रतिनिधिसभा बैठक शुरु हुने भएको छ । नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीका सर्लाही इन्चार्ज कुमार पौडेलको हत्या छानबिनका लागि संसदीय छानबिन समितिको माग गर्दै प्रतिनिधिसभाको बैठक अवरुद्ध गर्दै आएको कांग्रेसको सहमतिपछि सदन सञ्चालन भएको हो।

सभामुख कृष्णबहादुर महराको पहलमा सभामुखको कार्यकक्ष सिंहदरबारमा आज(बुधबार) भएको छलफलमा संसद बैठक सञ्चालनका लागि सहमति भएको हो । सहमतिअनुसार प्रमुख प्रतिपक्षी नेपाली कांग्रेस र प्रतिपक्षी दल राजपाले बाढी, पहिरो, डुबान लगायतका बारेमा जरूरी सार्वजनिक महत्वको प्रस्ताव पेश गर्ने र सदन सुचारू गर्ने सहमति भएको हो ।

छलफलमा प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसका प्रमुख सचेतक बालकृष्ण खाँडसहित पुष्पा भुसाल, मिनेन्द्र रिजाल र दिलेन्द्र बडु, पार्वती डिसी चौधरी, सत्ता पक्षका तर्फबाट नेकपा संसदीय दलका उपनेता सुवास नेम्वाङ, प्रमुख सचेतक देव गरूङ, राजपा अध्यक्ष मण्डलका संयोजक राजकिशोर यादव र लक्ष्मणलाल कर्ण लगायतको उपस्थिति थियो ।

निर्धारित १ बजे राखिएको प्रतिनिधि सभाको बैठक २:३० का लागि सारिएको छ भने १ बजे कार्यव्यवस्थाको बैठक बोलाइएको छ ।

प्रकाशित मिति : ८ श्रावण २०७६, बुधबार  १२ : ४९ बजे

तातोपानी भन्सारबाट रासायनिक मल काठमाडौँ ढुवानी

चौतारा– चीनबाट आयात गरिएको रासायनिक मल तातोपानी भन्सार कार्यालयबाट काठमाडौँतर्फ

भारतीय चुनाव : मोदी सरकारका ८ मन्त्रीको परीक्षा

भारतमा मतदानका लागि लामवद्ध मतदाता । तस्बिर स्रोत : आजतक

गण्डकीको प्रदेशसभा बैठक बस्दै

गण्डकी– गण्डकी प्रदेशसभाको बैठक आज बस्दै छ । गण्डकी प्रदेशका

घरबास सञ्चालनबाट आत्मनिर्भर नवलपुरका महिला

त्रिवेणी– नवलपरासी (बर्दघाट सुस्तापूर्व) नवलपुरको कावासोती–१० निवासी बालकुमारी महतोलाई अहिले

नेपाली सेनामा विभिन्न पदका लागि दरखास्त आह्वान

काठमाडौं– नेपाली सेनाले पदपूर्तिका लागि ठूलो सङ्ख्यामा आवेदन माग गरेको छ।