कांग्रेसमा निष्ठावान कार्यकर्ताको खोजी अभियान | Khabarhub Khabarhub

कांग्रेसमा निष्ठावान कार्यकर्ताको खोजी अभियान


८ श्रावण २०७६, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

कास्की- नेपाली कांग्रेसलाई व्यक्तिगत स्वार्थपूर्तिको साधन बनाउने क्रम बढेको भन्दै पार्टीमा मूल्य मान्यता स्थापित गर्ने उद्देश्यका साथ ‘नेपाली कांग्रेसभित्रै निष्ठावान कांग्रेसको खोजी’ अभियानलाई अघि बढाइएको छ ।

अभियानबारे जानकारी दिन पोखरामा आयोजित पत्रकार भेटघाटमा अभियानका संयोजक प्रा.डा. भूपति ढकाल ‘कमल’ले पार्टीभित्र मौलाउँदै गएको गुट–उपगुटका कारण सङ्गठन दिनानुदिन कमजोर बन्दै गएको बताए। नेपालमा राणा शासनको अन्त्य गर्दै प्रजातन्त्रको स्थापनादेखि दोस्रो लोकतान्त्रिक आन्दोलन हुँदै गणतन्त्रसम्म आइपुग्दा कांग्रेसले नेतृत्वदायी भूमिका निर्वाह गरेको बताउँदै उनले राष्ट्र र लोकतन्त्रको रक्षाका लागि पार्टी मजबुत बन्नुपर्ने बताए ।

गुट–उपगुटले कांग्रेसलाई कमजोर बनाउने र त्यसको प्रत्यक्ष असर राष्ट्र र लोकतन्त्रमाथि पर्ने भएकाले देशव्यापीरूपमा नै नेपाली काङ्गेसभित्रै निष्ठावान कांग्रेसको खोजी अभियानलाई सक्रिय बनाइने जानकारी दिए । ‘यो अभियानको उद्देश्य कांग्रेसको गरिमामय योगदानलाई जीवन्त राख्दै पार्टीलाई आफ्नो मूल्य मान्यताअनुरुप क्रियाशील गराउनका लागि हो, कुनै पदप्राप्ति वा अन्य स्वार्थमा आधारित भई गरिएको होइन’, नेपाल प्राध्यापक सङ्घका पूर्वकेन्द्रीय सभापतिसमेत रहेका ढकालले भने, ‘अनुशासित र क्रियाशील कांग्रेस राष्ट्रका लागि आवश्यक छ ।’

प्रकाशित मिति : ८ श्रावण २०७६, बुधबार  १० : ०७ बजे

दुर्गा प्रसाईँको हतियारबारे छानबिन गर्न समिति गठन

काठमाडौं– सरकारले मेडिकल व्यवसायी दुर्गा प्रसाईँलाई हातहतियार राख्ने इजाजत दिएको

सभामुख घिमिरे स्वदेश फर्किए

काठमाडौं– प्रतिनिधिसभाका सभामुख देवराज घिमिरे स्वदेश फर्किएका छन् । अन्तर-व्यवस्थापिका

एफटीएक्सका संस्थापक साम बैंकम्यानलाई २५ वर्षको जेल सजाय

काठमाडौं– अमेरिकी कम्पनि एफटीएक्सका संस्थापक साम बैंकम्यान फ्राइडलाई २५ वर्षको

पर्यटक नभएपछि अध्यागमन कार्यालय सुनसान

नेपालगञ्ज– बाँकेको जमुनाह नाकामा रहेको अध्यागमन कार्यालय करिब तीन वर्षदेखि

महिला सशक्तिकरणको मुख्य आधार आर्थिक सबलीकरण हो : प्रधानमन्त्री

काठमाडौं– प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले महिला सशक्तिकरणको सबैभन्दा प्रमुख आधार