आयोगका सिफारिस कार्यान्वयन नगर्नेको नाम कालोसूची राखिन्छ : शर्मा | Khabarhub Khabarhub

आयोगका सिफारिस कार्यान्वयन नगर्नेको नाम कालोसूची राखिन्छ : शर्मा


९ असार २०७६, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- राष्ट्रिय मानवअधिकार आयोगका अध्यक्ष अनुपराज शर्माले आयोगका सिफारिस कार्यान्वयन नगर्ने अधिकारीको नाम कालोसूचीमा सार्वजनिक हुने बताएका छन् ।

आयोगले सोमबार आयोजना गरेको मानवअधिकारको समसामयिक विषयमा सञ्चारकर्मीसँगको छलफल कार्यक्रममा उनले आयोगका सिफारिस कार्यान्वयन नगर्ने निकायको नाम कालोसूचीमा सार्वजनिक गर्ने बताएका हुन् ।

अध्यक्ष शर्माले भने, ‘आयोगले गरेका सिफारिस कार्यान्वयन नगर्ने निकायको नाम कालोसूचीमा राखिन्छ, कालोसूचीमा नाम पीडकको त हुने नै भयो, पीडकलाई कारवाही नगर्ने निकायको नाम पनि कालोसूचीमा सार्वजनिक गरिन्छ ।’

अध्यक्ष शर्माले आयोगको संशोधनसम्बन्धी विधेयक संसदमा दर्ता भएको र महान्यायाधिवक्ता कहा जाने र महान्ययाधिवक्ताले मुद्दा चलाउने र नचलाउने निर्णय गर्ने भनिएको उल्लेख गर्दै प्रश्न गरे, ‘व्याख्या भइसकेको विषयमा फेरि किन यस्तो ऐन ल्याइएको हो ?’

कार्यक्रममा वरिष्ठ पत्रकारहरु हरिहर विरही, तारानाथ दाहाल, नेपाल टेलिभिजनका अध्यक्ष डा. महेन्द्र विष्ट, नेपाल पत्रकार महासंघका उपाध्यक्ष विपुल पोखरेललगायतले सरकारले ल्याएका पछिल्ला केही विधेयकका विषयमा संवाद र वार्ताका माध्यमबाट समाधान खोज्नुपर्ने धारणा राखेका थिए ।

प्रकाशित मिति : ९ असार २०७६, सोमबार  ९ : ३९ बजे

युट्यूबलाई वैकल्पिक मिडिया बनाउने यी योद्धा

काठमाडौं– केही समयअघिसम्म एकाध टेलिभिजनलाई श्रव्यदृश्य समाचारको मूलधार मानिन्थ्यो ।

चेम्बर सल्लाहकार परिषदको अध्यक्षमा श्रेष्ठ चयन

काठमाडौं– नेपाल चेम्बर अफ कमर्सको सल्लाहकार परिषदको अध्यक्षमा राजेशकाजी श्रेष्ठ

हिमालयन हाइड्रो एक्स्पो भोलिदेखि, अडानी पनि सहभागी हुने

काठमाडौं । हिमालयन हाइड्रो एक्स्पो भोलि (बैशाख १२) देखि शुरु

जनकपुरको गेस्टहाउसमा युवा-युवती मृत भेटिए, नाबालिका जीवितै

जनकपुरको एक गेस्ट हाउसमा झुन्डिएको अवस्थामा महिला र पुरुषको शव

कतारका अमिर थानी काठमाडौं आइपुगे

काठमाडौं– कतारका अमिर शेख तमिम बिन हमाद अल थानी दुईदिने