विदेशका विभिन्न अस्पतालमा २८ नेपाली कामदार कोमामा | Khabarhub Khabarhub

विदेशका विभिन्न अस्पतालमा २८ नेपाली कामदार कोमामा


९ असार २०७६, सोमबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- वैदेशिक रोजगारीको शिलशिलामा विभिन्न देश गएका २८ जना नेपाली कोमा (अचेत अवस्था) मा उपचारत छन् । रोजगारदाता देशको कार्यस्थलमा दुर्घटनामा परेर अथवा अन्य विभिन्न रोगका कारण कोमामा पुगेका नेपालीको संख्या २८ पुगेको हो । जटिलअवस्थामा उपचाररत ति नेपालीलाई सरकारले भने स्वदेशमै फर्काएर उपचार गर्ने तयारी गरेको छ ।

यसका लागि श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले कोमामा पुगेका नेपालीलाई स्वदेश फर्काएर उपचार गर्न एउटा कार्यदल बनाउने तयारी भइरहेको जानकारी दिएको छ । विदेशमा कोमामा उपचार भइरेका कामदारलाई स्वदेशमा ल्याएर सरकारी अस्पतालमा उपचार गराउने तयारीका लागि छलफल भइरहेको हो ।

विदेशका अस्पतालका कोमामा उपचार भइरहेका बिरामीलाई नेपाल ल्याएर उपचार गराउन सहज र सम्भव छ त ? जवाफमा वैदेशिक रोजगार प्रवद्र्धन बोर्डका कार्यकारी निर्देशक राजनप्रसाद श्रेष्ठले सबै तयारी पूरा गरेर कोमाका बिरामी नेपाल फर्काउने निर्णय गर्न लागेको जानकारी दिए ।

श्रम मन्त्रालयले रोजगारीको शिलशिलामा विदेशमा विभिन्न कारणले घाइते अथवा बिरामी भई कोमामा उपचार भइरहेका मजदुरलाई स्वदेशमै ल्याएर उपचार गराउन सम्बन्धित अस्पतालसँग पनि छलफल गरेको कार्यकारी निर्देशक श्रेष्ठले बताए ।

‘कोमामा पुगेका बिरामीलाई सरकारी तथा निजी अस्पतालमा आवश्यकताअनुसार व्यवस्था मिलाइने छ । नेपालमा पनि अहिले सुविधा सम्पन्न अस्पताल छन् । चिकित्सकसँग छलफल परामर्श गरेर नै नेपाल ल्याउने तयारी गरिएको हो ।’ उनले भने, ‘विभिन्न देशका अस्पतालमा कोमामा र अन्य उपचाररत गम्भीर प्रकृतिका बिरामीको संकलित तथ्यांकमाथि कुटनीतिक नियोगसँग सहकार्य र छानविन गरी नेपाल ल्याउने प्रक्रिया मिलाइँदै छ । नेपालमा उपचारका लागि आवश्यक पर्ने नीतिगत तथा कानुनी संयन्त्रलगायत अनुमानित खर्च विवरण सम्बन्धमा विस्तृत अध्ययन गरी सुझाव सरकारलाई बुझाउनका लागि काम भइरहेको छ ।’

विदेशमा हाल उपचाररत बिरामी कामदारलाई नेपाल ल्याएर उपचार गर्न सकिने उनको दावी छ । खाडी मुलुकका साथै मलेसिया र दक्षिण कोरियामा २८ जना नेपालीको कोमामा उपचार भइरहेको बोर्डले तंथ्याक संकलन गरेको छ । ति मध्ये ४ जनाको भने अचेतअवस्थामा विदेशका अस्पतालमा उपचार भइरहेको बोर्डले जनाएको छ । कतार, साउदी, युएई, दक्षिण कोरियालगायत मुलुकका अस्पतालमा यस्ता गम्भीर प्रकृतिका कामदार कोमामा उपचाररत रहेको बोर्डले जनाएको छ ।

यस्ता कामदारलाई स्वदेश ल्याउन श्रम मन्त्रालयअन्तर्गत सम्बद्ध महाशाखा प्रमुखको संयोजकत्वमा कार्यदल गठन गर्ने गरी काम तत्काल अघि बढाइने बोर्डका कार्यकारी निर्देशक श्रेष्ठले जानकारी दिए । जसमा स्वास्थ्य मन्त्रालय, अर्थ मन्त्रालय, परराष्ट्र मन्त्रालय, कानुन मन्त्रालय, सम्बद्ध क्षेत्रका अनुभवी चिकित्सक, वैदेशिक रोजगार व्यवसायी संघ र ट्रेड युनियनका तर्फबाट प्रतिनिधित्व हुने गरी कार्यदल निर्माणका लागि पहल भइरहेको छ । यो कार्यदलमा वैदेशिक रोजगार बोर्ड सचिवालयका तर्फबाट सदस्य सचिव रहने निर्णय भइसकेको छ ।

सबैभन्दा धेरै कतारमा १३ जना कोमामा उपचाररत रहेको बोर्डले जनाएको छ । त्यसपछि साउदी, कुवेत, युएई र दक्षिण कोरियामा कोमामा उपचाररत छन् ।

यस्तो छ सूची:

 

प्रकाशित मिति : ९ असार २०७६, सोमबार  ५ : ०० बजे

१२ वर्षमा एक हजार दुई सयको मिर्गौला प्रत्यारोपण

भक्तपुर । सहिद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्रले स्थापनाको १२ वर्षमा

भूक्षयबाट जोगाउन सनवोरामा जैविक तटबन्ध

कञ्चनपुर । भूक्षयबाट जोगाउन कञ्चनपुरको शुक्लाफाँटा नगरपालिकामा रहेको सनवोरा नदीमा

कतारसँग नेपालको व्यापार : सानो तर सधैँ घाटामा

काठमाडौं – अन्तरदेशीय व्यापारमध्ये कतारसँग नेपालको व्यापार हिस्सा सानो परिमाणमा

‘भाइरल गोर्खे’ को छायांकन सुरु

काठमाडौं । फिल्म ‘भाइरल गोर्खे’को छायांकन लमजुङबाट सुरु गरिएको छ

सरकारले कानुनमा संशोधन गरेकामा महासङ्घद्वारा स्वागत

काठमाडौं । आसन्न लगानी सम्मेलनलाई केन्द्रित गरी नेपाल सरकारले विभिन्न