विप्लवका कार्यकर्तालाई प्रहरीको गोली : बादल र प्रभाकरको घम्साघम्सी | Khabarhub Khabarhub

विप्लवका कार्यकर्तालाई प्रहरीको गोली : बादल र प्रभाकरको घम्साघम्सी


९ असार २०७६, सोमबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- संसदको राज्यव्यवस्था समिति बैंठकमा सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी नेकपाकै नेताबीच घम्साघम्सी भएको छ। पूर्वमाओवादी लडाकु कमाण्डरसमेत रहेका वर्तमान गृहमन्त्री रामबहादुर थापा र पूर्वगृहमन्त्री जनार्दन शर्मा (प्रभाकर)बीच संसदीय समितिमै घम्साघम्सी भएको हो। माओवादी सशस्त्र युद्धमा समान हैसियतको कमाण्ड सम्हालेका नेत्रबिक्रम चन्दका विषयमा उनीहरुबीच विवाद देखिएको छ।

खास गरी यही असार ५ गते प्रहरीको गोलीबाट मृत्यु भएका विप्लव नेतृत्वको नेकपाका सर्लाही इन्चार्ज कुमार पौडेलका विषयमा अहिले संसद भित्र र बाहिर बहस चलिरहेको छ। सरकारले त्यसलाई ‘दोहोरो भिडन्तमा भएको इन्काउन्टर’ भनिरहेको छ भने सर्वसाधारणदेखि नीति निर्माता र सत्तारुढ दलकै नेता/सांसदले त्यसलाई विश्वास गरिरहेका छैनन्। तर, यही विषयमा सरकारले विप्लवमाथि प्रतिबन्ध लाउँदादेखि नै गृहमन्त्रीको विपक्षमा रहेका शर्माले सोमबारको राज्य व्यवस्था तथा सुशासन समितिको बैठकमा विप्लवका विषयमा लिएको नीतिलाई लिएर गृहमन्त्री थापाको झाको झारे।

‘संविधानले शान्ति सुरक्षा विपरित काम गर्नेलाई कारवाही गर्ने अधिकार दिएको छ, सरकारले त्यही संविधान र कानूनको प्रयोगबाटै विप्लवले आतंक फैलाएका भए कारवाही गर्न सक्थ्यो,’ शर्माले समितिको बैठकमा भने, ‘तर सरकारले विप्लवको पार्टीमाथि प्रतिबन्ध लगाउने काम गर्‍यो, म भन्छु, त्यो गलत गर्‍यो ।’ उनले विप्लवका विषयमा सरकारले एकपछि अर्को गलत काम गरिरहेको दावी गरे ।

‘न्यूनतम मानव अधिकारको त पालना हुनुपर्‍यो नि ! नियन्त्रणमा लिएर हत्या गर्ने अनि दोहोरो भिडन्तमा मारियो भनेर झुटा विवरण पेश गर्ने ?,’ शर्माले गृहमन्त्रीलाई सोधे, ‘५/६ ठाउँ हात भाँचेर हत्या गरेपछि इन्काउण्टर/दोहोरो भिडन्त भनेर रिपोर्ट पेश गर्ने ?’ उनले छानविन नहुँदासम्म गृहमन्त्रीका भनाई मान्य नहुने बताए । ‘यस्तो अराजकता किमार्थ मान्य छैन,’ शर्माले भने।

शर्माको भनाईपछि जवाफ दिएका गृहमन्त्री रामबहादुर थापाले भने विप्लव नेतृत्वको नेकपाका नेता पौडेल दोहोरो भिडन्तमै मारिएको दावी दोहोर्‍याएका थिए । सांसदहरुको चर्को विरोधपछि गृहमन्त्री थापाले यो घटना फरक ढंगले आएको भन्दै आफ्नो भनाई सच्याउने प्रयास गरे । उनले छानविनको मागअनुसार छानविन गर्ने बताएर समितिबाट बाहिरिएका थिए।

कांग्रेस सांसद डा. डिला संग्रौलाले गृहमन्त्रीले कति चाँडो आफ्नो विगत बिर्सिएको भन्दै प्रश्न गरिन् । ‘हिजो सशस्त्र युद्ध लडेर आउनुभएका गृहमन्त्रीले कति चाँडो आफ्नो विगत बिर्सनुभएको ?,’ उनले भनिन्, ‘गरिजाप्रसाद कोइरालले शान्ति प्रक्रिया थालेर सम्झौता गरेका कारण तपाईं आज गृहमन्त्री हुनुहुन्छ । अब द्वन्द्व कति राख्ने देशमा?’ उनले राजनीतिक आन्दोलनमा मारेर सकिन्छ भन्ने धारणा नै गलत भएको बताइन् । कांग्रेस सांसद दिलेन्द्र बडुले नियन्त्रणमा लिएर हत्या गर्ने काम अन्तर्राष्ट्रिय कानून र नेपालको संविधान विपरित भएकाले छानविन नगर्नु पनि गलत भएको बताए ।

‘हिजो हामी जनयुद्धबाट आएका हौं। संकटकालमा आर्मी व्यारेकमा पनि बसेर आएकी हुँ,’ नेकपा सांसद रेखा शर्माले भनिन्, ‘कुमार पौडैलको फोटो हेर्दा भिडन्तमा मृत्यु भएको देखिँदैन ४/५ ठाउँ हात भाँचिएको देखिन्छ । यस्तो अवस्थाले द्वन्द्व कम हुँदैन द्वन्द्व बढेर जान्छ।’

नेकपाकै सांसद तिर्था गौतमले राजनीतिक रुपमा समाधान नखोजे हिजोकै अवस्था आउने भन्दै चिन्ता व्यक्त गरिन्। समितिमा आँशु बगाउँदै बोलेकी सांसद शर्माले हिजोको अवस्था दोहोरिने काम नगर्न सरकारको ध्यानाकषर्ण गरिन् ।

प्रकाशित मिति : ९ असार २०७६, सोमबार  ३ : ३४ बजे

अर्धशतक बनाउन चुके आरिफ

काठमाडौं – आयरल्याण्ड ए विरूद्ध नेपालका आरिफ शेख अर्धशतक बनाउन

लोकेश बम १ सय ६ रनमा आउट

काठमाडौं – आयरल्याण्ड ए विरूद्ध शतक प्रहार गरेका नेपालका लोकेश

आयरल्याण्ड ए विरूद्ध नेपालका लोकेश बमको शतक

काठमाडौं – आयरल्याण्ड ए विरूद्ध नेपालका लोकेश बमले शतक प्रहार

परीक्षा बोर्डले रद्द गर्‍यो एसईईको अनुगमन अनुमतिपत्र

काठमाडौं – राष्ट्रिय परीक्षा बोर्डले माध्यमिक शिक्षा परीक्षा (एसईई) सम्बन्धमा

चितवनमा बढे बैंकिङ कसुरका उजुरी

चितवन – जिल्ला प्रहरी कार्यालय चितवनमा चालु आर्थिक वर्षको ९