ट्रम्प अर्को साता दक्षिण कोरिया भ्रमणमा जाने | Khabarhub Khabarhub

ट्रम्प अर्को साता दक्षिण कोरिया भ्रमणमा जाने


९ असार २०७६, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

वशिंटन डीसी- अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले अर्को साता दक्षिण कोरियाको भ्रमण गर्ने भएका छन् । जी–२० सम्मेलनमा सहभागी हुन जापान जाने तयारीमा रहेका राष्ट्रपति ट्रम्प दुई दिने दक्षिण कोरिया भ्रमणका लागि आगामी आइतबार त्यसतर्फ प्रस्थान गर्ने अमेरिकी सञ्चारमाध्यमले जनाएका छन् ।

राष्ट्रपति ट्रम्पले दक्षिण कोरियामा त्यहाँका राष्ट्रपति मुन जाए इनसँग पनि भेटवार्ता गर्नेछन् । दुई नेताबीचको भेटवार्ताका क्रममा कोरियाली प्रायद्विपलाई आणविक निशस्त्रीकरण गर्ने विषयमा छलफल हुने जनाइएको छ ।

उनले दक्षिण कोरिया भ्रमणका क्रममा उत्तर तथा दक्षिण कोरियालाई छुट्याउने असैनिक क्षेत्रको अवलोकनका लागि समेत जाने कार्यक्रम छ । सन् २०१७ मा दक्षिण कोरियाको भ्रमणमा गएका ट्रम्पले त्यसबेला नै असैनिक क्षेत्रको भ्रमण गर्ने कार्यक्रम रहेपनि भारी तुवाँलोका कारण त्यसतर्फ गएका थिएनन् ।

अमेरिका र उत्तर कोरियाबीच आणविक निशस्त्रीकरणको दिशामा पहल हुन नसकिरहेका बेला हालै ट्रम्पले उत्तर कोरियाली सर्वोच्च नेता किम जोङ उनलाई पत्र लेखेको समाचार सार्वजनिक भएपछि कोरियाली वार्ता अघि बढ्ने आशा पलाएको बताइएको छ । त्यसलगत्तै हुन लागेको ट्रम्पको दक्षिण कोरिया भ्रमणलाई भने निकै महत्वका साथ हेरिएको छ ।

प्रकाशित मिति : ९ असार २०७६, सोमबार  २ : ५० बजे

क्यानडामा इस्लाम धर्मावलम्बीले अब उधारो र सापटीको ब्याज तिर्नु नपर्ने

टोरोन्टो–  क्यानडाका प्रधानमन्त्री जस्टिन ट्रुडोले बजेटमा यस्तो घोषणा गरेका हुन्,

संसदीय समिति बैठक बस्दै, फास्ट ट्रयाकका बारेमा छलफल हुने

काठमाडौं– संघीय संसद्को एक समितिको बैठक बस्दै छ । प्रतिनिधिसभा

आईपिएल : पञ्जाबमाथि मुम्बई ९ रनले विजयी

काठमाडौं – इन्डियन प्रिमियर लिग (आईपिएल) अन्तर्गत गएराति भएको खेलमा

भेरी करिडोरमा तल्लुको पुल अन्तिम चरणमा

काँक्रेविहार– भेरी करिडोर सडक आयोजनाअन्तर्गत तल्लुस्थित भेरी नदीमा भेरी करिडोरमा

कुन भिटामिनको कमीले अत्यधिक निद्रा लाग्छ ?

 शरीरमा भिटामिन र मिनरल्सको उचित सन्तुलन नहुँदा यसले सम्पूर्ण शरीरमा