'मुठभेडमा मारिएका पौडेलको हात कसरी ६/७ ठाउँमा भाँचियो ?' | Khabarhub Khabarhub

‘मुठभेडमा मारिएका पौडेलको हात कसरी ६/७ ठाउँमा भाँचियो ?’


९ असार २०७६, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– सत्तारुढ नेकपाका नेता एवं पूर्व गृहममन्त्री जनार्दन शर्माले विप्लव समूहलाई प्रतिवन्ध लगाउन आवश्यक नभएको बताएका छन् ।

सोमबार राज्य व्यवस्था समितिको बैठकमा नेता शर्माले विप्लव समूहलाई प्रतिबन्ध लगाएर राज्यले थप उत्तेजित पार्ने काम गरेको आरोप लगाए । उनले सबैपक्षलाई वार्तामा ल्याइ समस्याको समाधान गर्न सुझाव दिए ।

नेता शर्माले बैठकमा विप्लवका सर्लाही इन्चार्ज कुमार पौडेलको मुठभेडमा मृत्यु भएको भन्ने सरकारी दाबीलाई पत्याउन नसकिने बताए । उनले मुठभेडमा मारिएका व्यक्तिको हात कसरी पाँच ठाउँमा भाँचियो भन्दै गृहमन्त्री रामबहादुर थापासँग प्रश्न गरे ।

यसअघि गृहमन्त्री थापाले पौडेललको प्रहरीसँगको मुठभेडमा मृत्यु भएको बैठकमा जानकारी गराएका थिए । तर घटनाको छानवीन गर्न सकिने गृहमन्त्रीको भनाइ थियो ।

प्रकाशित मिति : ९ असार २०७६, सोमबार  १० : ५० बजे

युएईले टस जित्यो, नेपालले पहिला ब्याटिङ गर्ने

काठमाडौं– आज एसीसी प्रिमियर कपको सेमिफाइनलका दुवै खेल हुँदै छन्

एकीकृत समाजवादीले सदस्यताको प्रमाणीकरण गर्दै

काठमाडौं– नेकपा (एकीकृत समाजवादी) ले महाधिवेशन प्रतिनिधि चयन गर्न पार्टीका

सिन्धुपाल्चोक बस दुर्घटना : मृतक तिनै जना दोलखाका

दोलखा– सिन्धुपाल्चोकको तौथली नजिकै दोलखाको जन्ती बस दुर्घटना हुँदा ३

सुनको मूल्य बढ्यो, कतिमा भइरहेको छ कारोबार ?

काठमाडौं– नेपाली बजारमा साताको अन्तिम कारोबार दिन अर्थात् शुक्रबार सुनको

धनुषामा मोटरसाइकलको ठक्करबाट पैदलयात्रीको मृत्यु

गोदार– धनुषामा मोटरसाइकलको ठक्करबाट एकजना पैदलयात्रीको मृत्यु भएको छ ।