५ वर्षपछि बढ्यो प्रहरीको रासनभत्ता, कति पुग्यो ? | Khabarhub Khabarhub

५ वर्षपछि बढ्यो प्रहरीको रासनभत्ता, कति पुग्यो ?


९ असार २०७६, सोमबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

पाँच वर्षपछि नेपाल प्रहरीको रासनभत्ता बढ्ने भएको समाचार आजको नयाँ पत्रिका दैनिकले प्रकाशन गरेको छ । समाचारमा जनाइए अनुसार सरकारले १ साउनदेखि लागू हुने गरी बढेको रासनभत्ता दिन लागेको हो। सरकारले आगामी वर्षका लागि प्रहरीको रासनभत्तामा चार अर्ब ६४ करोड ९४ लाख रुपैयाँ बजेट छुट्याइसकेको छ।

‘साउनदेखि नयाँ दरअनुसार प्रहरीले रासनभत्ता पाउनेछन्,’ प्रहरीको बजेट महाशाखाका प्रमुख एसएसपी दीपक थापाले नयाँ पत्रिकासँग भने, ‘बजेट आइसकेको छ, नयाँ दर स्वीकृतिका लागि प्रक्रिया अघि बढिसकेको छ।’

प्रहरीलाई ०७५ मा तय भएको दरअनुसार रासनभत्ता दिइनेछ। नेपाल प्रहरीको रासनभत्ता हरेक जिल्लामा फरक–फरक छ। प्रमुख जिल्ला अधिकारीको नेतृत्वमा रहने एक समितिले मूल्यवृद्धिअनुसार हरेक वर्ष भत्ताको दर परिमार्जन गर्दछ। तर, ०७१ सालयता रासनभत्ता मूल्यवृद्धिअनुसार समायोजन हुन सकेको थिएन।

बढेको भत्ता पाउनुपर्ने प्रहरीले माग गर्दै आएको थियो। राशन वृद्धि भएपछि प्रहरीको मनोबल बढ्ने प्रहरी अधिकारीहरू बताउँछन्। तीन वर्षअघि गृह मन्त्रालयका तत्कालीन सहसचिव वीरबहादुर बुढा नेतृत्वको समितिले दुई–दुई वर्षमा रासनभत्ता समायोजन गर्न सुझाब दिएको थियो।

सशस्त्र र अनुसन्धान विभागमा अन्योल

नेपाल प्रहरीमा रासनभत्ता बढ्ने भए पनि सशस्त्र प्रहरी बलमा अन्योल छ। सशस्त्रलाई पुरानै रेटअनुसारको मात्र बजेट विनियोजन भएको छ। रासनभत्ता सममामयिक बनाउन प्रस्ताव गरिएको, तर त्यसबारे कुनै निर्णय भइनसकेको सशस्त्र प्रहरी बलका प्रवक्ता डिआइजी सुरजकुमार श्रेष्ठले बताए। ‘पुरानै हिसाबले बजेट आएको छ, तर बढाउन प्रयास भइरहेको छ,’ उनले भने।

सशस्त्र प्रहरीका कर्मचारीले पनि तलबसँगै रासनभत्ता पाउने गर्छन् । तर, धेरैजसो सशस्त्र प्रहरी ब्यारेकमा नै बस्ने भएकाले उनीहरूले रासनभत्ता क्वार्टर मास्टरलाई बुझाउँछन् । बिदामा भएको वेलाको रासनको पैसासमेत हाकिमहरूले खाइदिने विकृति सशस्त्र प्रहरीमा छ । तल्लो तहका प्रहरीलाई लामो बिदामा पठाएर रासनभत्तामा अनियमितता गरेको आरोपमा सशस्त्र प्रहरीका अधिकारीहरू कारबाहीमा पर्दै आएका छन् ।

कति बढ्यो रासन ?

उपत्यकामा कार्यरत प्रहरीले साउनदेखि दैनिक एक सय ९४ रुपैयाँ २९ पैसा रासनभत्ता पाउनेछन्। हाल उनीहरूले एक सय ७५ रुपैयाँ पाउँदै आएका छन्।

त्यस्तै, झापामा कार्यरत प्रहरीले एक सय ५७ रुपैयाँ पाउँदै आएकोमा एक सय ७९ रुपैयाँ ८९ पैसा तथा इलाममा एक सय ६८ रुपैयाँ पाउँदै आएकामा दुई सय रुपैयाँ पाउनेछन्। ताप्लेजुङको ओलाङचुङगोलामा कार्यरत प्रहरीले चार सय ४४ रुपैयाँ लिँदै आएका थिए। उनीहरूको रासनभत्ता बढेर अब ६ सय १५ रुपैयाँ पाउने भएका छन्। पहाडी तथा हिमाली जिल्लाहरूमा खाद्यान्न महँगो हुने भएकाले रासनको दर उच्च हुने गर्छ।

प्रकाशित मिति : ९ असार २०७६, सोमबार  ६ : २६ बजे

आजका समाचार : मन्त्रिपरिषद् बैठकदेखि कर्णालीका मुख्यमन्त्रीलाई विश्वासको मतसम्म

मन्त्रिपरिषद् बैठक  सरकारले सहकारीका समस्या समाधानका लागि तत्काल प्रक्रिया सुरु

नारायणी नदीमा सशस्त्रको सेमुलेशन अभ्यास 

काठमाडौं- सशस्त्र प्रहरीले चितवनको नारायणी नदीमा सेमुलेशन अभ्यास सम्पन्न गरेको

सुनिल पौडेललाई थुनामा राख्न आदेश

काठमाडौं- नेपाल टेलिकमका निलम्बित प्रबन्ध निर्देशक सुनिल पौडेललाई विशेष अदालतले

भोजपुर गोल्डकप : त्रिभुवन आर्मी क्लब फाइनलमा

टक्सार– भोजपुरमा जारी सातौँ संस्करणको अन्तर्राष्ट्रिय आमन्त्रित मेयर भोजपुर गोल्डकप

सर्लाहीको हरिपूर्वामा आगोले जलेर चार घर नष्ट 

बरहथवा– सर्लाहीको हरिपूर्वा नगरपालिका–५ धोवीनियामाा आगलागी भएको छ । आगोले