गाउँपालिकाकी उपाध्यक्षले कुटेपछि प्रशासकीय अधिकृतले दिए जाहेरी  | Khabarhub Khabarhub

गाउँपालिकाकी उपाध्यक्षले कुटेपछि प्रशासकीय अधिकृतले दिए जाहेरी 


१० जेठ २०७६, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

नुवाकोट– नुवाकोटको तार्केश्वर गाँउपालिकाका प्रमुख प्रशासकीय अधिकृत अशोक दाहालले गाँउपालिका उपाध्यक्ष तारादेवी रिमालले कुटपिट गरेको भन्दै जिल्ला प्रहरी कार्यालयमा जाहेरी दिएका छन् ।

सिफारिस गरेका योजनाक लागि बजेट दिन नमानेको भन्दै तत्कालीन नेकपा एमालेबाट निर्वाचित उपाध्यक्ष रिमालले प्रमुख प्रशासकीय अधिकृत दाहालमाथि कुटपिट र दुर्व्यबहार गरेकाले पक्राउ गरेर कारबाही गर्न मागगर्दै प्रहरीमा किटानी जाहेरी दिइएको हो । आफ्नै कार्यकक्षमा सेवाग्राहीका काम गरिरहेको समयमा बिहीबार अपराह्न चार बजे उपाध्यक्ष रिमालको कुटपिटबाट प्रमुख प्रशासकीय अधिकृत दाहालले लगाएको कपडा च्यातिएको तथा गालीगलौज भएको प्रहरीमा दिएको जाहेरीमा उल्लेख गरिएको छ ।

गाँउसभामा समावेश नभएका विभिन्न चारवटा योजनामा ६ लाख रुपैयाँ बजेट तर्जुमा गर्न उपाध्यक्षको निर्देशन कार्यान्वयनको लागी ‘कानूनले नमिल्ने’ बताएपछि आफूमाथी कार्यकक्षमै कुटिपिट भएको प्रमुख प्रशासकीय अधिकृत दाहालले बताए । उपाध्यक्षले गरेको कुटपिट र लछारपछारबाट आफू अन्यायमा परेको भन्दै तत्काल पक्राउ गरेर कारबाही गर्न माग गर्दै उनले ‘सार्वजनिक अपराध सम्बन्धी कसुर’मा प्रहरी कार्यालयमा किटानी जाहेरी दिएका छन् ।

कर्मचारी माथि भएको दुर्व्यबहारको विरुद्ध जिल्लामा रहेका बाह्रैवटा स्थानीयतहका प्रमुख प्रशासकीय अधिकृत सहितका कर्मचारीहरुले सयुक्त रुपमा विज्ञप्ति जारी गर्दै गाँउपालिका उपाध्यक्ष रिमालप्रति आपत्ति जनाउदै कारबाहीको माग गरेका छन् ।

अन्यायमा परेकालाई न्याय दिन गठित ‘न्यायिक समितिका संयोजक’ समेत रहेको गाँउपालिका उपाध्यक्षले प्रमुख प्रशासकीय अधिकृतमाथि गरेको कुटपिट र दुर्व्यवहार प्रति कर्मचारीहरुको आधिकारिक ट्रेड युनियनसहित सबै संघ–संगठनले दोषीलाई कारबाही गर्न मागगर्दै प्रमुख जिल्ला अधिकारीलाई ज्ञापन पत्र बुझाएका छन् ।

यस्तो छ ज्ञापन पत्र 

प्रकाशित मिति : १० जेठ २०७६, शुक्रबार  ७ : ०८ बजे

यस्ता छन् मन्त्रिपरिषदका ८ निर्णय

काठमाडौं – मन्त्रिपरिषद् बैठकले आर्थिक वर्ष २०८१/०८२ का लागि प्रदेशका

सुदूरपश्चिम सरकारबाट बाहिरिन नाउपाको संसदीय दललाई निर्देशन

काठमाडौं – नागरिक उन्मुक्ति पार्टीले सुदूरपश्चिम प्रदेश सरकारलाई दिएको समर्थन

प्रदेश र स्थानीय तहमा कर्मचारी अभाव हटाउने प्रधानमन्त्रीको आश्वासन

काठमाडौं – प्रधानमन्त्री पुष्पकमल दाहालले प्रदेश र स्थानीय तहमा कर्मचारी

लोकेशको शतकका बाबजुत आयरल्याण्ड ए सँग हार्‍यो नेपाल ए

काठमाडौं – पहिलो टी–२० क्रिकेटमा आयरल्याण्ड ए सँग नेपाल ए

अर्धशतक बनाउन चुके आरिफ

काठमाडौं – आयरल्याण्ड ए विरूद्ध नेपालका आरिफ शेख अर्धशतक बनाउन