महिला बालबालिका तथा ज्येष्ठ नागरिकको क्षेत्रमा बजेट वृद्धि गरिनुपर्छ: मन्त्री थापा | Khabarhub Khabarhub

महिला बालबालिका तथा ज्येष्ठ नागरिकको क्षेत्रमा बजेट वृद्धि गरिनुपर्छ: मन्त्री थापा


१० जेठ २०७६, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– महिला, बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्री थममाया थापाले महिला, बालबालिका तथा ज्येष्ठ नागरिकका क्षेत्रमा बजेट वृद्धिको आवश्यकता रहेको बताएकी छिन् ।

सिंहदरबारमा शुक्रबार बसेको महिला तथा सामाजिक समितिको बैठकमा उनले महिला बालबालिका र ज्येष्ठ नागरिकको जीवनयापनलाई सहज बनाउन सो क्षेत्रको बजेट बृद्धि हुनुपर्ने बताइन् ।  मन्त्री थापाले बालबालिकासम्बन्धी ऐन २०७५ प्रभावकारी कार्यान्वयनका लागि विनियमावली ल्याउन लागिएको जानकारी पनि दिइन् ।

एकीकृत बालगृह सञ्चालन मापदण्ड लागू गरिने र तीनै तहमा रहने गरी बालअधिकार परिषद्, प्रदेश बालअधिकार समिति र स्थानीय बालअधिकार समिति गठनसमेत हुने उनले बताइन् । उनले गृह मन्त्रालयअन्तर्गत रहेको बालबालिकाको हितमा कार्यरत नेपाल बालसङ्गठनलाई महिला मन्त्रालयअन्तर्गत ल्याउन आवश्यक रहेको बताइन् ।

बैठकमा समिति सदस्यहरुले वृद्धाश्रम खोल्ने प्रवृत्तिलाई अन्त्य गरी वृद्धवृद्धालाई घरपरिवारमा नै राख्नुपर्ने, बाल सङ्गठनको सञ्चालन जिल्ला समन्वय समितिअन्तर्गत हुनुपर्ने धारणा राखेका थिए । बैठकले बालबालिकाको अधिकारलाई ख्याल गर्दैै उचित संरक्षण गर्न गराउन मन्त्रालयलाई निर्देशन दिएको छ । त्यस्तै बैठकले नयाँ ऐन र मापदण्ड ननुन्जेल नयाँ बालगृह खोल्ने कार्य नगराउन पनि मन्त्रालयलाई निर्देशन दिएको छ ।

प्रकाशित मिति : १० जेठ २०७६, शुक्रबार  ५ : ०० बजे

जलवायु परिवर्तनले फैलिँदै मलेरिया

लागोस– गत वर्ष अमेरिकामा स्थानीयरूपमा प्रसारित मलेरिया थोरै सङ्ख्यामा पाइएपपछि

टोकियोका दर्शकले पलसँगै बसेर ‘पुजार सार्की’ हर्ने पाउने !

काठमाडौं– चलचित्र ‘पुजार सार्की’ जापानभर प्रदर्शनमा आउने भएको छ ।

केन्यामा बाढीका कारण ३८ जनाको मृत्यु

केन्या– केन्यामा बाढीबाट कम्तीमा ३८ जनाको मृत्यु भएको र बाढीको

एलोन मस्कले युट्युबसँग प्रतिस्पर्धा गर्न नयाँ एप ल्याउने !

काठमाडौं–  धनाढ्य एलोन मस्कले युट्युबसँग प्रतिस्पर्धा गर्न अर्को एप लन्च

जसपा केन्द्रीय कार्यकारिणी समितिको बैठक आह्वान

काठमाडौँ– जनता समाजवादी पार्टी, (जसपा) नेपालले केन्द्रीय कार्यकारिणी समितिको बैठक