सरकारले मानव अधिकार आयोगकै अधिकार हनन गर्‍योः कांग्रेस | Khabarhub Khabarhub

सरकारले मानव अधिकार आयोगकै अधिकार हनन गर्‍योः कांग्रेस


१० जेठ २०७६, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font


काठमाडौं– प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसले राष्ट्रिय मानव अधिकार आयोगकै अधिकार हनन हुने गरी सरकारले कानून बनाउन लागेको आरोप लगाएको छ ।

शुक्रबार राजधानीमा आयोजित एक कार्यक्रममा कांग्रेस प्रवक्ता विश्वप्रकाश शर्माले राष्ट्रिय मानव अधिकार आयोगको स्वायत्तता र गरिमा नै अन्त्य हुनेगरी सरकारले सोसम्बन्धी विधेयक संसदमा पेश गरेको बताए ।

प्रवक्ता शर्माले पार्टीका तर्फबाट उक्त विधेयकप्रति आपत्ति समेत जनाए ।
विधेयकको सम्बन्धमा उठेका प्रश्नको जवाफ दिने क्रममा कानुन, न्याय तथा संसदीय मामिला मन्त्री भानुभक्त ढकालले कानून बनाउने काम रिटायर्ड न्यायाधिशको हो ? भनि राष्ट्रिय मानव अधिकार आयोगका अध्यक्ष अनुपराज शर्मालाई प्रश्न सोधेकोमा पनि शर्माले आपत्ति जनाए ।

प्रवक्ता शर्माले सरकारले बुढीगण्डकी जलविद्युत आयोजनाको निर्माण कार्य स्वदेशी लगानीमै गर्ने निर्णय उल्ट्याइएकोमा पनि आपत्ति जनाए ।

प्रकाशित मिति : १० जेठ २०७६, शुक्रबार  २ : २० बजे

डोल्पामा हिउँ चितुवाको सङ्ख्या नेपालमै उच्च

डोल्पा । हिमाली जिल्ला डोल्पामा दुर्लभ वन्यजन्तु हिउँ चितुवाको सङ्ख्या

सगरमाथा आरोहणका लागि तीन सय ५२ आरोहीले लिए अनुमति

काठमाडौं । यस वर्षको वसन्तयाममा सगरमाथा आरोहणका लागि तीन सय

काठमाडाैंमा ‘रोडसाइड रोलकल’ सडक संवाद सुरु

काठमाडौं । जिल्ला प्रहरी परिसर काठमाडौंले आज स्वयम्भूस्थित महाचैत्य प्राङ्गणमा

भारतले रोक्यो नेपाली चियाको निर्यात

झापा । भारतले पटके गुणस्तर परीक्षणको नयाँ प्रावधान लागू गरेर

त्रिभुवन विमानस्थलबाट आठ सय ५० ग्राम सुनसहित एक महिला पक्राउ

काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट प्रहरीले करिब आठ सय ५०