लगातार दोस्रो पटक विपक्षी नेता विहीन बन्ने भयो भारतीय संसद | Khabarhub Khabarhub

लगातार दोस्रो पटक विपक्षी नेता विहीन बन्ने भयो भारतीय संसद


१० जेठ २०७६, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

भारत– भारतमा लगातार दोश्रो लज्जस्पद चुनावी पराजय व्यहोरेको काँग्रेस पार्टीका नेताले यसपटक पनि विपक्षी दलका नेताको औपचारिक मान्यता नपाउने भएका छन् ।

प्रावधानअनुसार विपक्षी दलका नेताको औपचारिक मान्यता पाउन दोश्रो ठूलो पार्टीले तल्लो सदन लोकसभाको जम्मा सिटमध्ये कम्तीमा १० प्रतिशत सिट जित्नुपर्ने हुन्छ ।

निर्वाचनपछि लोकसभाको जम्मा ५४५ सिटको १० प्रतिशत अर्थात् केबल ५४ सिट समेत जित्न नसकेपछि काँग्रेसका नेताले विपक्षी दलका नेताको मान्यता नपाउने अवस्था आएको हो ।

पछिल्लो नतिजाअनुसार काँग्रेस पार्टीले केबल ५२ सिट जितेको छ । यसअघि भएको आम निर्वाचनमा पनि दोश्रो ठूलो दल हुनुका बावजुद काँग्रेसले विपक्षी दलको मान्यता पाएको थिएन । अघिल्लो निर्वाचनमा काँग्रेसले केबल ४४ सिट जितेको थियो ।

प्रकाशित मिति : १० जेठ २०७६, शुक्रबार  ११ : ४४ बजे

१२ वर्षमा एक हजार दुई सयको मिर्गौला प्रत्यारोपण

भक्तपुर । सहिद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्रले स्थापनाको १२ वर्षमा

भूक्षयबाट जोगाउन सनवोरामा जैविक तटबन्ध

कञ्चनपुर । भूक्षयबाट जोगाउन कञ्चनपुरको शुक्लाफाँटा नगरपालिकामा रहेको सनवोरा नदीमा

कतारसँग नेपालको व्यापार : सानो तर सधैँ घाटामा

काठमाडौं – अन्तरदेशीय व्यापारमध्ये कतारसँग नेपालको व्यापार हिस्सा सानो परिमाणमा

‘भाइरल गोर्खे’ को छायांकन सुरु

काठमाडौं । फिल्म ‘भाइरल गोर्खे’को छायांकन लमजुङबाट सुरु गरिएको छ

सरकारले कानुनमा संशोधन गरेकामा महासङ्घद्वारा स्वागत

काठमाडौं । आसन्न लगानी सम्मेलनलाई केन्द्रित गरी नेपाल सरकारले विभिन्न