जाने होइन रानीमहल ? | Khabarhub Khabarhub

जाने होइन रानीमहल ?


१० जेठ २०७६, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

पाल्पा– प्रेमको प्रतीकको रुपमा लिइने पाल्पाको रानीमहलको बृहत् सरसफाइ गरिएको छ ।

आन्तरिक तथा बाह्य पर्यटकको आकर्षणका रुपमा परिचित रानीमहललाई थप आकर्षक बनाउन नेपाली सेना गोरखदल गणका ४० भन्दा बढी सैनिक जवान, तानसेन नगरपालिका सरसफाइ शाखा, डिभिजन वन कार्यालय, रानीमहलको सुरक्षार्थ खटिएको प्रहरीलगायत बिहीबार सरसफाइमा सहभागी भएका थिए ।

सेनाको टोलीले रानीमहलको प्रवेश क्षेत्रदेखि प्राङ्गण, महलको पानीपोखरी, महलको भित्री एवं बाहिरी क्षेत्रमा सरसफाइ गरी फोहोर व्यवस्थापनसमेत गरेको गोरखदल गणका गणपति सुरज थापाले जानकारी दिए ।

प्रेम जोडीको आकर्षक गन्तव्य रानीमहल विसं १९५४ मा खड्गशम्शेरले रानी तेजकुमारी राणाको सम्झनामा बनाएका हुन् । रानीमहल सदरमुकाम तानसेनबाट १३ किलोमिटरको दूरीमा रहेको छ ।

प्रकाशित मिति : १० जेठ २०७६, शुक्रबार  ११ : ३८ बजे

१२ वर्षमा एक हजार दुई सयको मिर्गौला प्रत्यारोपण

भक्तपुर । सहिद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्रले स्थापनाको १२ वर्षमा

भूक्षयबाट जोगाउन सनवोरामा जैविक तटबन्ध

कञ्चनपुर । भूक्षयबाट जोगाउन कञ्चनपुरको शुक्लाफाँटा नगरपालिकामा रहेको सनवोरा नदीमा

कतारसँग नेपालको व्यापार : सानो तर सधैँ घाटामा

काठमाडौं – अन्तरदेशीय व्यापारमध्ये कतारसँग नेपालको व्यापार हिस्सा सानो परिमाणमा

‘भाइरल गोर्खे’ को छायांकन सुरु

काठमाडौं । फिल्म ‘भाइरल गोर्खे’को छायांकन लमजुङबाट सुरु गरिएको छ

सरकारले कानुनमा संशोधन गरेकामा महासङ्घद्वारा स्वागत

काठमाडौं । आसन्न लगानी सम्मेलनलाई केन्द्रित गरी नेपाल सरकारले विभिन्न