मलेरिसायामा श्रमिक अभाव, विदेशी कामदार ल्याउने प्रक्रिया तत्काल शुरु गर्न रोजगारदाताको माग | Khabarhub Khabarhub

मलेरिसायामा श्रमिक अभाव, विदेशी कामदार ल्याउने प्रक्रिया तत्काल शुरु गर्न रोजगारदाताको माग


१० जेठ २०७६, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– मलेसिया सरकारले विगत ६ महिनादेखि विदेशी कामदार रोजगारीका लागि भित्र्याउने प्रक्रिया बन्द गर्दा त्यहाँको श्रमिक बजारमा कामदारको अभाव हुने भएको छ ।

मलेसियाली उद्योग, कलकारखाना, विभिन्न क्षेत्रका व्यवसायी र रोजगारदाता कम्पनीले विदेशी कामदारको आपूर्ति रोकिँदा श्रमिक अभाव भएको भन्दै त्यहाँको सरकारको ध्यानार्षण गराएका छन् । उनीहरुले विदेशी कामदार रोजगारीका लागि भित्र्याउने प्रक्रिया सहज बनाउन मलेसियाको गृह र मानव शसाधन मन्त्रालयलाई माग गरिरहेका मलेसियाली सञ्चारमाध्यमले जनाएको छ ।

मलेसियाका रोजगारदाता कम्पनीले सरकारसँग तत्काल विदेशी कामदार भित्र्याउने प्रक्रिया खुलाउन माग पनि गरेका छन् । आप्रवासी कामदार लिने प्रक्रिया सन् २०१८ मा गरिएको फेरवदलले अप्ठ्यारो परेको भन्दै रोजगारदाता कम्पनीले त्यसलाई सुल्झाउन सरकारसँग अपिल पनि गरेको पनि स्थानीय सञ्चारमाध्यमहरुले जनाएको छ ।

मलेसिया सरकारले तत्काल रोजगारदाता कम्पनीको मागअनुसार विदेशी श्रमिक भित्र्याउने सन् २०१८ गाडीकै कानुनलाई मानेर केही महिना विदेशी कामदार भित्राउन योजना बनाइरहेको मलेशियाका मानव संशाधन मन्त्री एम कुलासेगरनलाई उदृत गदै सञ्चारमाध्यमले जनाएका छन् । मलेशियामा पछिल्लो समयमा विदेशी कामदारको चर्को अभाव हुँदै गएको छ ।

पुरानो पद्धतीलाई नै अवलम्वन गर्दा हाल देखिएको विदेशी कामदार सम्वन्धी आधा समस्या समाधान हुने र विदेशी कामदार आपूर्ति प्रक्रिया शुरु हुने मन्त्री कुलासेगरनको भनाइ छ । नेपालबाट विगत १ वर्षयता कामदार गएका छैनन् । नेवालबाट मात्र होइन मलेसिया सरकारले अन्य स्रोत देशबाट पनि कामदार ल्याउन रोकेको छ ।

पुरानो प्रक्रियाअनुसार आफूसँग कार्यरत कुनै मुलुकको कामदारले मलेशिया छोडेर फर्केमा अध्यागमन विभागबाट उनीहरु मलेशियाबाट बाहिरिएको कागजात उपलव्ध गराएपछि नयाँ कामदार लिन पाइने व्यवस्था थियो । तर, सन् २०१७ पश्चात पुनः नयाँ कामदार लिन लामो, झण्झटिलो र खर्चिलो प्रक्रिया अपनाउन रोजगारदाता कम्पनी बाध्य छन् ।

प्रकाशित मिति : १० जेठ २०७६, शुक्रबार  ११ : ०८ बजे

हात्तीपाइलेविरुद्ध साझा अभियान

महोत्तरी– मान्छेलाई अशक्त, अपाङ्ग र कुरुप बनाउने घातक रोग हात्तीपाइले

१६औं योजना : समृद्धिका ४० राष्ट्रिय लक्ष्य (सूचीसहित)

काठमाडौं – सरकारले १६औं योजना (आर्थिक वर्ष २०८१/८२–२०८५/८६) मा समृद्धिका

कैलालीका विभिन्न ठाउँमा आगलागी, पशुचौपायामा क्षति

टीकापुर– कैलालीका विभिन्न ठाउँमा आगलागी भएको छ । बुधबार मात्रै

सरकार विरोधी प्रदर्शनलाई समर्थन गरेको आरोपमा इरानी र्‍यापरलाई मृत्युदण्ड !

काठमाडौं– सरकार विरोधी प्रदर्शनलाई समर्थन गरेको आरोपमा एक इरानी र्‍यापरलाई

दक्षिण कोरियाले गर्‍यो पहिलो पृथ्वी नानोस्याटेलाइट प्रक्षेपण

सोल– सन् २०२७ सम्ममा उपग्रह समूह बनाउने योजनाको हिस्साका रूपमा