मोदीको जीतपछि पाकिस्तानी प्रधानमन्त्री इमरानको यस्तो अपेक्षा | Khabarhub Khabarhub

मोदीको जीतपछि पाकिस्तानी प्रधानमन्त्री इमरानको यस्तो अपेक्षा


१० जेठ २०७६, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

एजेन्सी– लोकसभा चुनावको नतिजामा नरेन्द्र मोदी नेतृत्वको एनडीएले ठूलो जीत हात पारेको छ । जीतसँगै मोदी दोस्रो पटक प्रधानमन्त्री बन्न गइरहेका छन् ।

यो जीतमा पाकिस्तानी प्रधानमन्त्री इमरान खानले ट्वीट गरेर बधाइ दिएका छन् । उनले लेखेका छन्,‘म प्रधानमन्त्री नरेन्द्र मोदीको बीजेपी तथा उसको सहयोगी दलको जीतका लागी बधाई दिन्छु । दक्षिण एशिषमा शान्ति, प्रगति र समृद्धिका लागि उनको साथ काम गर्नेमा आशावादी छु ।’

निर्वाचन आयोगका अनुसार बीजेपीले गठवन्धनले ३४३ स्थानमा जीत हात पारेको छ भने कांग्रेस नेतृत्वको गठवन्धनले ९५ स्थानमा जीत हात पारेको छ ।

बिजेपीले एकल रुपमा ३०३ सीटमा जीत हात पार्दा कांग्रेसले ५२ सीटमा जीत हात पारेको छ ।

कांग्रेस अध्यक्ष राहुल गान्धीले वायनाड सीटमा चार लाख भन्दा धेरै सीटको अन्तरले जीत हासिल गरेका छन् भने आफ्नो पारम्परिक सीट अमेठीबाट उनले पराजय व्यहोरोका छन् । अमेठीमा बीजेपी उम्मेदवार स्मृति इरानीले राहुल गान्धीलाई पराजित गरिन् ।

प्रकाशित मिति : १० जेठ २०७६, शुक्रबार  १० : ५२ बजे

जबरर्जस्ती सामुदायिक वनका रुख नकाट्न माग

काठमाडौं । मलुकभरको सामुदायिक वन उपभोक्ता समूहहरुको छाता सङ्गठन सामुदायिक

स्ट्रबेरी खेतीतर्फ आकर्षित हुँदै दाङका युवा

दाङ – लहरै रोपिएका स्ट्रबेरीका बिरुवामा फलेका फल पाकेर लटरम्म

नेपाल हुँदै भारत प्रवेश गर्न खोज्ने दुई चिनियाँ नागरिक पक्राउ

काठमाडौं । नेपाल हुँदै अवैध रुपमा भारत प्रवेश गर्न खोजेको

नेपालीपन झल्कने गरी विद्यालयको नामकरण गर्न आग्रह

काठमाडौं – काठमाडौं महानगरपालिकाले महानगरभित्रका निजी विद्यालयलाई नेपाली नामकरण गर्न

केजरीवाललाई थप चार दिन हिरासतमा राख्न अनुमति

नयाँ दिल्ली – मदिरा नीति घोटाला प्रकरणमा पक्राउ परेका दिल्लीका