तीन दिनको मौसमः हावाहुरीसहित मेघ गर्जनको सम्भावना | Khabarhub Khabarhub

तीन दिनको मौसमः हावाहुरीसहित मेघ गर्जनको सम्भावना


१० जेठ २०७६, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- मौसम पूर्वानुमान महाशाखाले शुक्रबारबाट तीन दिनको मुलुकको मौसमको अवस्थाबारे जानकारी गराएको छ ।

शुक्रबार देशको पहाडी भूभागहरूमा आंशिक बदलि रही अपरान्ह सामान्य बदली रही पूर्वी तथा मध्य भूभागका केही स्थानहरुमा पश्चिमी पहाडी भू–भागका थोरै स्थानहरुमा मेघ गर्जन, हावाहुरी सहित वर्षाको सम्भावना रहेको मौसम पूर्वामान महाशाखाले जनाएको छ ।

महाशाखाका अनुसार रातिको समयमा देशका अधिकांश भूभागमा आंशिकदेखि सामान्य बदलि रही देशका पूर्वी तथा मध्य भूभागका केहि स्थानहरुमा र पश्चिमी क्षेत्रका थोरै स्थानहरुमा मेघ गर्जन, हावाहुरी सहित वर्षाको सम्भावना छ ।

जेष्ठ ११ गते (शनिबार)
दिउँसोः देशका अधिकांश भूभागमा आंशिक बदलि रहेता पनि अपरान्ह पछि सामान्य बदलि भई देशको पूर्वी भू–भागका केही स्थानहरुमा र पश्चिमि र मध्य भू–भागका एक–दुई स्थानहरूमा मेघ गर्जन, हावाहुरी सहित वर्षाको सम्भावना छ ।

रातिः देशका पहाडी भू–भागमा आंसिक बदलि रही थोरै स्थानहरुमा मेघ गर्जन , हावाहुरी सहित वर्षाको सम्भावना छ र बाँकी भूभागमा सामान्य तय सफा मौसम सफा रहने देखिन्छ ।

जेष्ठ १२ गते (आइतबार)
दिउँसोः देशका पहाडी भू–भागमा आंसिक बदली रही थोरै स्थानहरुमा मेघ गर्जन, हावाहुरीसहित वर्षाको सम्भावना छ र बाँकी भूभागमा सामान्यतया मौसम सफा रहने देखिन्छ ।

रातिः देशका पहाडी भूभागमा आंशिकदेखि सामान्य बदली भई देशको पूर्वी भू–भागका केही स्थानहरुमा र पश्चिमि तथा मध्य भू–भागका एक–दुई स्थानहरूमा मेघ गर्जन, हावाहुरीसहित वर्षाको सम्भावना छ । बाँकी स्थानहरुमा आंशिक बदलि रहने देखिन्छ ।

प्रकाशित मिति : १० जेठ २०७६, शुक्रबार  ७ : ५८ बजे

१६औं योजना तर्जुमा अन्तिम चरणमा, लक्ष्य भेट्न ११४ खर्ब चाहिने

काठमाडौं – सरकारले १६औं योजना (आर्थिक वर्ष ०८१/८२–२०८५/८६) तर्जुमा अन्तिम

टिकटकले प्रतिबन्ध हटाउन अमेरिकामा मुद्दा लड्ने

एजेन्सी – चीनसँगको बढ्दो टकरावबीच प्रतिबन्ध लाग्ने सम्भावना बढेपछि टिकटकले

खाना तथा खाजा खाएपछि सुप किन खाइन्छ ?

काठमाडौं– प्रायः हामी खाना खाइसकेपछि सुप चपाउने गर्छौं । न

लगानी सम्मेलन : केही अनुत्तरित प्रश्न

सरकारले ०८१ वैशाख १६ र १७ गते २ दिन अन्तरराष्ट्रिय

चित्रकलामा भविष्य खोजिरहेकी निर्मला

कञ्चनपुर– कञ्चनपुरकी कृष्णपुर नगरपालिका–१ सुन्दरीफाँटाकी २४ वर्षीया निर्मला चौधरी स्नातक