लोकसेवाले ८ हजार कर्मचारी पदपूर्ति गर्न नयाँ विज्ञापन खोल्दै | Khabarhub Khabarhub

लोकसेवाले ८ हजार कर्मचारी पदपूर्ति गर्न नयाँ विज्ञापन खोल्दै


१० जेठ २०७६, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– लोकसेवा आयोगले आगामी जेठ १५ मा पहिलो चरणअन्तर्गत ८ हजार पदमा कर्मचारी भर्नाका लागि बिज्ञापन आह्वान गर्ने भएको छ । आयोगले लामो अन्योल चिर्दै ठूलो संख्यामा कर्मचारी भर्नाको नयाँ प्रक्रिया थालेको हो ।

आयोगले स्थानीय तहका लागि कर्मचारी भर्ना प्रक्रियाको कार्यतालिका सार्वजनिक गर्दै भर्ना खुलाउने औपचारिक घोषणा गरेको हो । आयोगले बिहीवार स्थानीय तहका पदको पदपूर्तिसम्बन्धी विशेष कार्यतालिका सार्वजनिक गर्दै जेठको तेस्रो बुधबार खुल्लातर्फको पदपूर्तिको बिज्ञापन आह्वान गरिने जानकारी दिएको छ ।

कार्यतालिका अनुसार चौथो, पाचौं, छैटौं र नवौं तहसम्मका बिभिन्न प्राविधिक तथा अप्राविधिक पद खुल्ला प्रतिस्पर्धाका लागि बिज्ञापन आह्वान आयोगका प्रवत्ता किरणराज शर्माले जनाएका छन् ।

हाल खुल्ला प्रतिस्पर्धाका आधारमा लिइने पदका लागि मात्रै विज्ञापन गर्न लागिएको उनले बताएका छन् । आन्तरिक प्र्रतिस्पर्धाका लागि भने छिट्टै अर्को प्रक्रिया शुरु गर्ने आयोगको तयारी रहेको छ । खुला प्रतिस्पर्धाका लागि झण्डै ८ हजारको संख्या विज्ञापन हुने आयोगको आकलन छ ।

प्रकाशित मिति : १० जेठ २०७६, शुक्रबार  ७ : १३ बजे

तस्कर समात्न बारामा प्रहरीले चलायो गोली

बारा – प्रहरीले बाराबाट २३० किलो लागूऔषध गाँजासहित एक जनालाई

भागबन्डा नमिल्दा कर्णाली प्रदेश सरकार विस्तारमा ढिलाइ

कर्णाली । कर्णाली प्रदेश सरकारको मुख्यमन्त्री नियुक्त भएको नौ दिन

म्याग्दीका तीन विद्यालयमा आधुनिक कम्प्युटर प्रयोगशाला स्थापना

म्याग्दी । म्याग्दीका तीन सामुदायिक विद्यालयमा आधुनिक कम्प्युटर प्रयोगशाला स्थापना

मनकामना केबलकार शुक्रबार बन्द हुने

काठमाडौं । मनकामना केबलकार भोलि शुक्रबार एक दिनका लागि बन्द

सडक बालबालिका मुक्त बनाउन मन्त्री चौधरीको निर्देशन

ललितपुर – सडक बालबालिका मुक्त बनाउन महिला, बालबालिका तथा ज्येष्ठ