जग्गा छानबिनमा सक्रिय बन्दै सरकार, हालसम्मकै शक्तिशाली आयोग गठन | Khabarhub Khabarhub

जग्गा छानबिनमा सक्रिय बन्दै सरकार, हालसम्मकै शक्तिशाली आयोग गठन


१० जेठ २०७६, शुक्रबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- देशभरका सरकारी, सार्वजनिक तथा गुठी जग्गाको अवस्थाबारे छानबिन गर्न सरकारले शक्तिशाली आयोग गठन भएको छ । उच्चस्तरीय भूमि आयोग गठनको प्रस्ताव मन्त्रिरिषद्बाट पारित भएसँगै आयोग गठन गरिएको राजधानी दैनिकमा खबर छ ।

भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयले प्रस्ताव गरेको प्रस्तावलाई स्वीकृत गर्दै सरकारले सरकारी सार्वजनिक तथा गुठी जग्गा संरक्षणसम्बन्धी जाँचबुझ गर्न ६ महिना कार्यविधि रहने गरी मोहनरमण भट्टराईको अध्यक्षतामा चार सदस्यीय छानबिन आयोग गठन गरेको हो । आयोगका सदस्यमा जानकी बल्लभ अधिकारी, दुर्गा दाहाल र जगतबहादुर देउजा छन् । त्यस्तै, सदस्य सचिवमा मन्त्रालयका सहसचिव शंकरबहादुर थापा छन् ।

यसका साथै देशभर अलपत्र अवस्थामा रहेका र अतिक्रमणमा परेका जग्गा पहिचान गर्ने, अतिक्रमणमा संलग्न रहेकाबारे छानबिन गरी कारबाही सिफारिस गर्ने, अतिक्रमित जग्गा पहिचान गरी फिर्ताका लागि सिफारिस गर्ने, जग्गाको प्रमाण, रेकर्ड तथा अभिलेख संरक्षण तथा व्यवस्थापनका लागि आवश्यक सुझाव दिने, जग्गा अपचलनमा संलग्नताको आशंका लागेकालाई बयान लिने/पत्र काट्ने र उपस्थित गराउनेसम्मको अधिकार आयोगलाई रहेको छ । यस्तो अधिकार हालसम्म गठन भएका कमै मात्र आयोगले पाएका छन् ।

यो आयोग सरकारी, सार्वजनिक गुठीलगायतका जग्गाको छानबिन गर्न बनेको हालसम्मकै शक्तिशाली रहेको बताइएको छ ।
मन्त्रालयका अनुसार आयोगका लागि आवश्यक कर्मचारी तथा बजेट व्यस्थापनको सम्पूर्ण तयारी पूरा भइसकेको छ ।

त्यस्तै पत्रिकाले लोकसेवाद्वारा नयाँ भर्ना कार्यतालिका सार्वजनिक , १५ जेठमा ८ हजारको संख्यामा भर्ना खुल्दै शीर्षकमा अर्को समाचार छापेको छ । लोकसेवा आयोगले आगामी १५ जेठमा पहिलो चरणअन्तर्गत ८ हजार पदमा कर्मचारी भर्नाका लागि विज्ञापन आह्वान गर्ने भएको छ । आयोगले लामो अन्योल चिर्दै ठूलो संख्यामा कर्मचारी भर्नाको नयाँ प्रक्रिया थालेको हो ।

आयोगले स्थानीय तहका लागि कर्मचारी भर्ना प्रक्रियाको कार्यतालिका सार्वजनिक गर्दै भर्ना खुलाउने औपचारिक घोषणा गरेको हो ।
आयोगले बिहीबार स्थानीय तहका पदको पदपूर्तिसम्बन्धी विशेष कार्यतालिका सार्वजनिक गर्दै जेठको तेस्रो बुधबार खुलातर्फको पदपूर्तिको विज्ञापन आह्वान गरिने जानकारी दिएको छ ।

कार्यतालिकाअनुसार चौथो, पाँचौं, छैटौं र नवौं तहसम्मका विभिन्न प्राविधिक तथा अप्राविधिक पदमा खुला प्रतिस्पर्धाका लागि विज्ञापन आह्वान गरिनेछ । आयोगका प्रवक्ता किरणराज शर्माका अनुसार हाल खुला प्रतिस्पर्धाका आधारमा लिइने पदका लागि मात्रै विज्ञापन आह्वान गर्न लागिएको हो ।

आन्तरिक प्रतिस्पर्धाका लागि भने छिट्टै अर्को प्रक्रिया सुरु गर्ने आयोगको तयारी छ । खुला प्रतिस्पर्धाका लागि झन्डै ८ हजारको संख्यामा विज्ञापन आह्वान हुने आयोगको आँकलन छ ।

प्रकाशित मिति : १० जेठ २०७६, शुक्रबार  ६ : ३५ बजे

कैलालीका विभिन्न ठाउँमा आगलागी, पशुचौपायामा क्षति

टीकापुर– कैलालीका विभिन्न ठाउँमा आगलागी भएको छ । बुधबार मात्रै

सरकार विरोधी प्रदर्शनलाई समर्थन गरेको आरोपमा इरानी र्‍यापरलाई मृत्युदण्ड !

काठमाडौं– सरकार विरोधी प्रदर्शनलाई समर्थन गरेको आरोपमा एक इरानी र्‍यापरलाई

दक्षिण कोरियाले गर्‍यो पहिलो पृथ्वी नानोस्याटेलाइट प्रक्षेपण

सोल– सन् २०२७ सम्ममा उपग्रह समूह बनाउने योजनाको हिस्साका रूपमा

यस्तो छ १६ औँ योजनाको मस्यौदा (पूर्णपाठ)

सरकारले १६ औँ योजनाको मस्यौदा ल्याएको छ । उक्त योजनाको

राष्ट्रिय चलचित्र पुरस्कारका लागि बोर्डले माग्यो आवेदन

काठमाडौं– चलचित्र विकास बोर्डले २४औं वार्षिकोत्सवको अवसरमा विभिन्न विधामा राष्ट्रिय