आठौं राष्ट्रिय खेलकुदः फुटबलको उपाधि आर्मीको पोल्टामा | Khabarhub Khabarhub

आठौं राष्ट्रिय खेलकुदः फुटबलको उपाधि आर्मीको पोल्टामा


११ बैशाख २०७६, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font


नेपालगञ्ज– आठौं राष्ट्रिय खेलकुद अन्तर्गत पुरुष फुटबलतर्फको उपाधि विभागीय टोली आर्मीले जितेको छ ।

अर्को विभागीय टोली नेपाल प्रहरीको नेपाल पुलिस क्लबलाई १–० गोल अन्तरले पराजित गर्दै आर्मीले उपाधि चुमेको हो ।

आर्मीको जितका लागि खेलको ४४ औं मिटेमा विकास तामाङ पहिलो गोल गरेका थिए । त्यही गोल नै निर्णायक बन्यो । पुलिसले अन्तिम सम्म पनि गोल गर्न नसकेपछि पुलिस उपविजेतामा सिमित भएको हाे ।

फुटबलमा आर्मीले स्वर्ण हात पार्दा पुलिसले रजतमा चित्त बुझाएको छ । आज बिहान तेस्रो स्थानका लागि भएको खेलमा एपीएफले आयोजक प्रदेश पाँचलाई हराउँदै कास्य पदक हात पारेको थियो ।

प्रकाशित मिति : ११ बैशाख २०७६, बुधबार  ६ : १६ बजे

कुन भिटामिनको कमीले अत्यधिक निद्रा लाग्छ ?

 शरीरमा भिटामिन र मिनरल्सको उचित सन्तुलन नहुँदा यसले सम्पूर्ण शरीरमा

आजको मौसम : चार प्रदेशमा वर्षाको सम्भावना

काठमाडौं– हाल नेपालमा पश्चिमी वायु, स्थानीय वायु र बिहार आसपासमा

एसीसी प्रिमियर कप : सेमिफाइनलमा यूएईविरुद्ध भिड्दै नेपाल

काठमाडौं – एसीसी प्रिमियर कपको सेमिफाइनलमा नेपाल आज यूएईसँग भिड्दैछ।

शुक्रबारको विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौं – आज २०८१ साल वैशाख ७ गते शुक्रबार सन्

शुक्रबार, सन्तोषी माता र वैभवलक्ष्मीको पूजा

काठमाडौं – आज २०८१ साल वैशाख ७ गते शुक्रबार तदनुसार