उद्घाटन र समापनलाई भव्य बनाएको आठौं राष्ट्रिय खेलकुद | Khabarhub Khabarhub

उद्घाटन र समापनलाई भव्य बनाएको आठौं राष्ट्रिय खेलकुद



बाँके–नेपालगञ्जलाई केन्द्रमानि आयोजना भएको आठौं राष्ट्रिय खेलकुद भव्य रुपमा सम्पन्न भएको छ । नेपालगञ्ज रंगशालामा आयोजित समापन कार्यक्रममा उपराष्ट्रपति नन्दबहादुर पुनको उपस्थितिमा नवौं आयोजक गण्डकी प्रदेशलाई आयोजनाको जिम्मा दिँदै प्रतियोगिता सम्पन्न भएको छ ।

२०७३ सालमा २ वर्षपछि आयोजना गर्ने जिम्मेवारी लिएको प्रदेश ५ ले विभिन्न आरोहअवरोहकाबीच प्रतियोगिता सम्पन्न गराएको छ । राष्ट्रिय खेलकुद परिषद् (राखेप) प्रदेश नम्बर पाँचका अध्यक्ष भिम वलिले प्रतियोगिता सम्पन्न गर्न निकै कठिन भएपनि राखेप नेतृत्व र सरकारको सहयोगले सहज सम्भव भएको बताए ।

उद्घाटन र समापन भव्य, प्रतियोगिता सन्तोषजनक

आठौं राष्ट्रिय खेलकुदका लागि सजिएको नेपालगञ्जमा वैशाख ५ गते भएको उद्घाटन र ११ गते भएको समापन कार्यक्रम भव्य भए । राष्ट्रपतिको उपस्थितिमा विभिन्न कार्यक्रमकाबीच भएको उद्घाटन कार्यक्रम यसअघिका प्रतियोगिता भन्दा भव्य भएको जानकारहरु बताउँछन् । यस्तै, समापन कार्यक्रम पनि उत्तिकै भव्य रह्यो ।

उद्घाटनजस्तै समापनमा पनि विभिन्न जातिगत समूदायका झाँकीसहित एपीएफको मार्चपास भएको छ ।

नेपालगञ्जको सन्देश

राष्ट्रिय खेलकुदको अवसर पारेर बनेका भौतिक पूर्वाधारहरु राजधानी काठमाडौं पछि सबैभन्दा सुविधायुक्त बनेका छन् । रंगशाला, कभडहल, सुटिङ, पौडी, भलिबल कोर्ड, जुडो हललगायत संरचना र दाङको बेलझुढडीमा बनेको एथ्लेटिक्सको सेन्थेटिक ट्रयाकसहित विभिन्न स्थानमा संरचना बनेका छन् । जसमा राज्यको निकै ठूलो लगानी पनि भएको छ । यो नेपालगञ्जका लागि राष्ट्रिय खेलकुदले जुराएको सम्पत्ति हो ।

यस्तै, आयोजनाको जिम्मा पाएको २ वर्षमा प्रतियोगिता सम्पन्न गर्दै यसअघिको विगतलाई पनि तोडेको छ । राष्ट्रिय खेलकुदको विगत हेर्दा ३३ वर्षसम्म पनि प्रतियोगिता हुन नसकेको इतिहास छ । यो मानेमा पनि नेपालगञ्ज सफल रह्यो । हतार–हतार निर्माण गरिएको संरचानका विषयमा भने चौतर्फी आलोचना भइरहेको छ । तर, पनि समयमा प्रतियोगिता आयोजना गर्न र ४ वर्षे कार्यकालमा २ पटक राष्ट्रिय खेलकुद आयोजना गरेका सदस्य सचिव केशबकुमार विष्ट सफल भएका छन् ।

कमजोर व्यवस्थापन

राखेप आफै आयोजक र व्यवस्थापक भएको आठौं राष्ट्रिय खेलकुद प्रतियोगितामा व्यवस्थापनतर्फ भने निकै नै लापरबाही देखियो । यतिसम्मकी रंगशालामा कुनै घटना घटी हाले कसलाई जानकारी गराउने भन्ने पनि स्पष्ट थिएन् । रंगशालामा विभिन्न विभागका शाखाहरु थिए तर, अधिकांश समय ति खाली हुन्थे । कतिले सचिवालय सदस्यहरु भेट्न खोज्दा नभेटिएको र खोज्दै हिड्नु पर्ने अवस्था आएको थियो ।

अर्को महत्वपूर्ण कुरा उद्घाटन कार्यक्रम भएर समापन भइसक्दा पनि नयाँ बनेको प्यारपिटको निर्माण कार्य सम्पन्न हुन सकेन् । मैदानमा लगाएको दुबोको पनि निक्कै टिप्पणी भयो । संरचना निर्माणमा भएको ढिलाइले केही समस्या आएको र ३० प्रतिशत काम सक्नै बाँकी रहेको प्राविधिक इन्जिनियर विश्वामित्र सञ्ज्याल बताए । प्यारापिट निर्माणको काम पनि चलिरहेको छ ।

त्यस्तै, प्रतियेगितामा समावेश गरिएका जति पनि खेल छन् तीनको व्यवस्थापनमा सम्बन्धित खेलका पदाधिकारी बाहेक अरु कोही पनि प्रतियोगिता स्थलमा देखिएनन् । स्थानीय आयोजक राखेप प्रदेश नम्बर पाँचका अध्यक्ष भिम वलिलाई सोध्दा मैदानको भीड व्यवस्थापनदेखि सुरक्षासम्मको सबै जिम्मेवारी सरकारी सुरक्षा निकायलाई दिएपनि स्थानीयलाई स्वयमसेवकमा राख्न नसकेको बताए ।

नेपाल प्रहरी, सशस्त्र प्रहरीलगायत स्थानीय सुरक्षा गार्डहरुको अभावले नयाँ बनेको नेपालगञ्ज रंगशालाको प्यारापिटमा सेमिफाइन खेल भइरहँदा को कहाँ बस्ने भन्ने नै व्यवस्थापन हुन सकेन् ।

यस्तै, खेल स्थलको कुरा गर्दा पौडी खेल भेन्यु निर्माण भइनसक्दा निजी होटेलमा गरियो । प्रतियोगिताको अघिल्लो दिन बिहानसम्म पनि भेन्युमा खेल हुने नहुने निश्चित थिएन् । पछि पानी भर्न नसकिने बहाना बनाउँदै राखेपले पौडी नेपालगञ्जस्थित सिग्नेट होटेलमा गर्यो ।

त्यस्तै, नेपालगञ्ज रंगशाला छेउ बनाइएको सुटिङ स्थल समयमा सम्पन्न नभएका कारण एक दिन ढिला गरी प्रतियोगिता शुरु भयो । यस्ता कैयौं विषयहरुमा राखेप चुकेको छ । आफुहरुले सहि व्यवस्थापन गर्न नसकेको स्वीकारेका अध्यक्ष वलिले नवौं प्रतियोगिताको आयोजकले त्यसमा ध्यान दिनुपर्ने बताए ।

पूर्वाधार कसको ? बाँकी रहेका काम पुरा होलान् ?

प्रतियोगिता समापन भएसँगै अब आठौं राष्ट्रिय खेलकुदका लागि बनेका भौतिक पूर्वाधारको व्यवस्स्थापनले चर्चा पाउँन थालेको छ । झण्डै १ अबै राज्यको लगानी रहेको यी संरचनाका लागि सरकारी तवरबाटै नयाँ योजना बनाइनु पर्ने राखेप पदाधिकारीहरुले बताउँदै आएका छन् । अहिले बनेका संरचनाको संरक्षण र व्यवस्थापन मुख्य चुनौति छ । ‘हामी पनि यसको व्यवस्थापनबारे केही योजना ल्याउन सरकारसँग माग राख्दछौं,’ अध्यक्ष वलिले भने, ‘हामीसँग यसको व्यवस्थापनका लागि जनशक्ति छैन् । नत, स्थानीय तहसँगै छ । करौडौंको लगानी गरेको सरकारले लाख खर्च गर्न पछि हट्नु हुँदैन् ।’

‘हामीसामू भौतिक पूर्वाधारको निर्माण पुरा गर्नै समस्या थियो । तर, हामीले जे बोल्यौं । त्यो नेतृत्वले चाँहेपछि हुन्छ भन्ने तरिकाले सम्पन्न गरेका छौं । नेपाली खेलकुदमा नीति र नियत दुवै ठिक छैन् । तर, नेपालगञ्जले त्यसलाई चिर्न सफल भएको छ,’ अध्यक्ष वलिले भने,‘अब अगडिको छलफल हुनुपर्ने विषय १ अर्ब बराबरको लगानीमा निर्माण गरेका संरचना संरक्षणको हो । प्रदेश नम्बर ५ मा १३ वटा नयाँ प्राजेक्ट बनेका छन् । तिनको रेखदेख गर्नका लागि हामीसँग जनशक्ति छैन् ।’

संरक्षणको कामसँगै यी संरचनाहरु कसको मातहतमा रहने भन्ने विषय पनि अहिलेसम्म टुङ्गो लाग्न सकेको छैन् । तर, अध्यक्ष वलि संरचान हेरेर ठूला साना प्रोजेक्ट गरी सबैलाई स्थानीय, प्रदेश र संघको मातहतमा राख्दा सहज हुने बताउँछन् । राखेप सदस्य सचिव केशवकुमार विष्टले यसअघि नै पनि यी पूर्वाधारको व्यवस्थापन र संरक्षणको जिम्मा अन्य कुनै व्यवस्था नभएसम्म राखेपले लिने बताइसकेका छन् ।

नेपालगञ्ज उपमहानगरपालिकाले पनि राखेपले संरचना संरक्षणको जिम्मा आफुले पाए । सहर्ष स्वीकार्दै अगाडि बढ्ने बताएको छ । तर, अध्यक्ष वलि अहिले नै कुनै पनि निकायले हामी संरक्षण गछौं भन्दैमा दिन नसकिने बताउँछन् । उनले भने,‘यो सरकरी तवरबाट हुने कुराहरु हो । तर, पनि तत्कालका लागि यो कसलाई दिने भन्ने छलफल भएको छैन् ।’

प्रकाशित मिति : ११ बैशाख २०७६, बुधबार  ६ : ०६ बजे

जबरर्जस्ती सामुदायिक वनका रुख नकाट्न माग

काठमाडौं । मलुकभरको सामुदायिक वन उपभोक्ता समूहहरुको छाता सङ्गठन सामुदायिक

स्ट्रबेरी खेतीतर्फ आकर्षित हुँदै दाङका युवा

दाङ – लहरै रोपिएका स्ट्रबेरीका बिरुवामा फलेका फल पाकेर लटरम्म

नेपाल हुँदै भारत प्रवेश गर्न खोज्ने दुई चिनियाँ नागरिक पक्राउ

काठमाडौं । नेपाल हुँदै अवैध रुपमा भारत प्रवेश गर्न खोजेको

नेपालीपन झल्कने गरी विद्यालयको नामकरण गर्न आग्रह

काठमाडौं – काठमाडौं महानगरपालिकाले महानगरभित्रका निजी विद्यालयलाई नेपाली नामकरण गर्न

केजरीवाललाई थप चार दिन हिरासतमा राख्न अनुमति

नयाँ दिल्ली – मदिरा नीति घोटाला प्रकरणमा पक्राउ परेका दिल्लीका