अलपत्र पानीजहाजका यात्रुको सकुशल उद्धार | Khabarhub Khabarhub

अलपत्र पानीजहाजका यात्रुको सकुशल उद्धार


१० चैत्र २०७५, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

नर्वे– नर्वेको तटपारी नर्वेजियन सागरमा प्राविधिक गडबडीका कारण अलपत्र परेको एक आलिशान पानीजहाजका सबै यात्रुको सकुशल उद्धार गरिएको छ ।

नर्वेको आपतकालीन उद्धार निकायले हेलिकोप्टर र अन्य डुङ्गाको प्रयोग गरी भाइकिङ स्काई क्रुज नामक आलीशान पानीजहाजमा रहेका सबै १ हजार ३ सय ७३ जनाको उद्धार गरिएको जनाएको हो ।

नर्वेकी प्रधानमन्त्री इरना सोलबर्गले ट्वीट गर्दै पानीजहाजबाट सबै यात्रीको सकुशल उद्धार गरिएको पुष्टि गरेकी हुन् । उत्तरी शहर ट्रम्जोबाट राजधानी ओस्लोतर्फ आउन लागेको पानीजहाज मोल्ड शहरबाट ८० किलोमिटर टाढा नर्वेजियन सागरमा अलपत्र परेको थियो ।

यात्रीहरुले खिचेको भिडियोमा पानीजहाज समुद्रमाथि ढलपल गरिरहेको र डुब्नै लागेको देखिएको थियो । हाल भाइकिङ स्काई क्रुजलाई उद्धार गर्ने पानीजहाजहरुले ७ नटको गतिमा तटतर्फ लैजाँदै गरिएको बताइएको छ ।

पानीजहाज सञ्चालन गर्ने कम्पनीले पानीजहाजको इन्जिनमा विद्युत आपूर्ती बन्द भएकाले गडबडी भएको जनाएको छ । पानीजहाजमा समस्या आएपछि चालक दलका क्याप्टेनले उद्धारका लागि मेडे सूचना पठाएका थिए ।

पानीजहाजमा अधिकांश ज्येष्ठ नागरिक छन् । उद्धार गरिएकामध्ये घाइते भएका १७ जनालाई अस्पताल भर्ना गरिएको छ । पानीजहाजमा फसेका यात्रीहरु निकै तनावग्रस्त अवस्थामा रहेको नर्वेको रेडक्रसले जनाएको छ ।

प्रकाशित मिति : १० चैत्र २०७५, आइतबार  ८ : २२ बजे

१२ वर्षमा एक हजार दुई सयको मिर्गौला प्रत्यारोपण

भक्तपुर । सहिद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्रले स्थापनाको १२ वर्षमा

भूक्षयबाट जोगाउन सनवोरामा जैविक तटबन्ध

कञ्चनपुर । भूक्षयबाट जोगाउन कञ्चनपुरको शुक्लाफाँटा नगरपालिकामा रहेको सनवोरा नदीमा

कतारसँग नेपालको व्यापार : सानो तर सधैँ घाटामा

काठमाडौं – अन्तरदेशीय व्यापारमध्ये कतारसँग नेपालको व्यापार हिस्सा सानो परिमाणमा

‘भाइरल गोर्खे’ को छायांकन सुरु

काठमाडौं । फिल्म ‘भाइरल गोर्खे’को छायांकन लमजुङबाट सुरु गरिएको छ

सरकारले कानुनमा संशोधन गरेकामा महासङ्घद्वारा स्वागत

काठमाडौं । आसन्न लगानी सम्मेलनलाई केन्द्रित गरी नेपाल सरकारले विभिन्न