एएफसी यू–२३ च्याम्पियनसिप छनोट : कतारविरुद्धको खेलमा नितिनलाई ‘मौका’ | Khabarhub Khabarhub

एएफसी यू–२३ च्याम्पियनसिप छनोट : कतारविरुद्धको खेलमा नितिनलाई ‘मौका’


१० चैत्र २०७५, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font


काठमाडौं– एएफसी यू–२३ च्याम्पियनसिप छनोट अन्तगर्तको दोस्रो खेलमा नेपाल कतारसँग प्रतिस्पर्धा गर्दैछ । नेपाल र कतारसँगको खेल दोहास्थित एस्पायर एकेडेमीको ५ नम्बर मैदानमा नेपाली समयअनुसार पौने १० बजे शुरु हुनेछ ।

पहिलो खेलमा ओमानसँग १–० गोलले पराजित भएको नेपालका लागि आजको खेल जित्नैपर्ने दवाव रहेको छ । कतारविरुद्ध मैदान उत्रिने सुरुआती ११ को नेपालका मुख्य प्रशिक्षक बाल गोपाल महर्जएनले सार्वजनिक गरेका छन् ।

कतारविरुद्ध नेपाली टोली

गोलकिपरः अर्पण कार्की
डिफेन्डर : सुमन अर्याल, अनन्त तामाङ, दिनेश राजवंशी र कमल श्रेष्ठ
डिफेन्सीभ मिडफिल्ड : तेज तामाङ
मिडफल्डर : गौरव बुढाथोकी, नितिन थापा, अन्जन विष्ट, सुनील बल
स्ट्राइकर : बिमल घर्तीमगर
यसअघिको पहिलो खेलमा पहिलो रोजाईमा मैदान प्रवेश गरेका हेमन्त थापा मगरले आजको खेल गुमाउने भएका छन् । उनको स्थानमा युवा खेलाडी नितिन थापाले स्थान पाएका छन् ।

प्रकाशित मिति : १० चैत्र २०७५, आइतबार  ६ : २५ बजे

१२ वर्षमा एक हजार दुई सयको मिर्गौला प्रत्यारोपण

भक्तपुर । सहिद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्रले स्थापनाको १२ वर्षमा

भूक्षयबाट जोगाउन सनवोरामा जैविक तटबन्ध

कञ्चनपुर । भूक्षयबाट जोगाउन कञ्चनपुरको शुक्लाफाँटा नगरपालिकामा रहेको सनवोरा नदीमा

कतारसँग नेपालको व्यापार : सानो तर सधैँ घाटामा

काठमाडौं – अन्तरदेशीय व्यापारमध्ये कतारसँग नेपालको व्यापार हिस्सा सानो परिमाणमा

‘भाइरल गोर्खे’ को छायांकन सुरु

काठमाडौं । फिल्म ‘भाइरल गोर्खे’को छायांकन लमजुङबाट सुरु गरिएको छ

सरकारले कानुनमा संशोधन गरेकामा महासङ्घद्वारा स्वागत

काठमाडौं । आसन्न लगानी सम्मेलनलाई केन्द्रित गरी नेपाल सरकारले विभिन्न