आईपीएल : ओपनिङ खेलमा सानो लक्ष्यको रेकर्ड बैंङ्लोरको नाममा | Khabarhub Khabarhub

आईपीएल : ओपनिङ खेलमा सानो लक्ष्यको रेकर्ड बैंङ्लोरको नाममा


१० चैत्र २०७५, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

एजेन्सी — इन्डियन प्रिमियर लिग (आईपीएल) को इतिहासमै शनिबार रोयल च्यालेन्जर्स बैंङ्लोरले कमजोर शुआत गरेको छ ।

आईपीएलको १२ औं संस्करणको उद्घाटन खेलमा चेन्नाई सुपर किङ्ससँग प्रतिस्पर्धा गरेको बैंङ्लोरले आईपीएल इतिहासमै कमजोर सुरुआत गरेको भारतीय सञ्चारमाध्यमहरुले उल्लेख गरेका छन् ।

भारतीय राष्ट्रिय टोलीका कप्तान विराट कोहलीले नेतृत्व गरेको बैंङ्लोर, कप्तान कोहलीको विकेट पतन भएसँगै कमजोर बनेको थियो ।

कप्तान कोहली ६ रनमा आउट हुँदा चेन्नाईका स्पिनर हरबजन सिंह र इमरान ताहिरले उत्कृष्ट बलिङ गर्दै बैंङ्लोरलाई कमजोर सावित गरे ।

बैंङ्लोरले १७ ओभर १ बलमा सबै विकेट गुमाएर ७० रन मात्रै बनाउन सक्यो । जुन आईपीएल उद्घाटन खेलको इतिहासमै सानो लक्ष्य बन्यो ।

बैङ्लोर मात्रै यस्तो टिम हो जसले उद्घाटन खेलमा विपक्षीसामू २ पटक सय रन भन्दा कम रनको लक्ष्य प्रस्तुत गरेको छ । यसअघि सन् २००८ मा बैङ्लोरले कोलकत्ताविरुद्धको आईपीएल उद्घाटन खेलमा ८२ रनको लक्ष्य दिएको थियो ।

योसँगै बैङ्लोर चार पटक आईपीएलमा सय रन भन्दा कम रन बनाएको छ । यसअघि सन् २०१४ मा युएईको अबुधावीमा भएको खेलमा पनि बैङ्लोर ७० रनमै समेटिएको थियो ।

बैंङ्लोरले दिएको यो अहिलेसम्मकै दोस्रो सानो लक्ष्य हो । सन् २०१४ मा बैङ्लोर कोलकत्ता नाइट राइडर्ससँग ४९ रनमा आउट भएको थियो ।

कप्तान विराट कोहलीले खेल पछि विकेट लगतार जानुले टोलीले ब्याटिङ सुधार्न नसकेको बताएका थिए । त्यस्तै, विजयी टिमका कप्तान महेन्द्रसिंह धोनीले पनि रन नबन्नुमा विकेट ब्याटिङ फेवर नभएको बताएका थिए ।

प्रकाशित मिति : १० चैत्र २०७५, आइतबार  १२ : १९ बजे

सर्लाहीको हरिपूर्वामा आगोले जलेर चार घर नष्ट 

बरहथवा– सर्लाहीको हरिपूर्वा नगरपालिका–५ धोवीनियामाा आगलागी भएको छ । आगोले

कांग्रेस नेता मोहम्मद अफताब आलमलाई जन्म कैद

नेपाली कांग्रेसका नेता मोहम्मद अफताव आलमलाई जन्म कैदको फैसला भएको

टोपबहादुर रायमाझीलाई धरौटीमा छोड्न सर्वोच्चद्वारा अस्वीकार

काठमाडौं– सर्वोच्च अदालतले एमालेका नेता टोपबहादुर रायमाझीलाई धरौटीमा छोड्न अस्वीकार

बिहारको एक होटलमा आगलागी हुँदा ६ जनाको मृत्यु

काठमाडौं– भारतको बिहार राज्यको पटनामा एक होटलमा आगलागी हुँदा ६

नक्कली भुटानी शरणार्थी प्रकरण : थुनामा रहेका प्रतिवादीको निवेदनमाथि सुनुवाइ सकियो

काठमाडौं– नक्कली भुटानी शरणार्थी प्रकरणमा थुनामा रहेका टोपबहादुर रायमाझी सहितका