एफबीआईका पूर्व अधिकारीसँग खबरहबको विशेष संवाद– प्रचण्डलाई अब फरक व्यवहार गर्नुपर्दैन | Khabarhub Khabarhub

एफबीआईका पूर्व अधिकारीसँग खबरहबको विशेष संवाद– प्रचण्डलाई अब फरक व्यवहार गर्नुपर्दैन




काठमाडौं– नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड) पत्नी सीता दाहालको उपचारका लागि यतिबेला अमेरिकामा छन् ।  प्रचण्डको अमेरिका भ्रमणका क्रममा उनी विरुद्ध उजुरी परेको देखि अमेरिकाले ‘नो इन्भेष्टिगेशन’ सर्कुलर जारी गरेको सम्मको विषयले नेपाली राजनीतिक वृत्त तरंगित बनेको थियो ।

१० वर्षे सशस्त्र द्वन्द्वका समयमा अमेरिकाले आतंकवादी घोषणा गरेको तत्कालिन नेकपा माओवादीका अध्यक्ष प्रचण्डले अमेरिका भ्रमणका क्रममा मानवअधिकार उल्लंघनको आरोपका कारण सास्ती खेप्नुपर्ने आशंका गरिएपनि त्यस्तो अवस्था भने बनेन ।

सन् २०१२ मा मात्रै तत्कालीन एकीकृत नेकपा माओवादीलाई आतंककारीको सूचीबाट हटाएको अमेरिकासँग प्रचण्डको साइनोका बारे बिभिन्न अड्कलबाजीहरु भने कायमै छन् । अमेरिकी संघीय अनुसन्धान व्यूरो एफबीआईका पूर्व ‘सुपरभाइजरी स्पेसल एजेण्ट’ (एसएसए) एण्ड्रियु ब्रिङ्ग्रेलका अनुसार यसको अर्थ अमेरिकाले प्रचण्डलाई पूर्ण रुपमा उन्मुक्ति दिएको भने होइन ।

ब्रिङ्ग्रेल अमेरिकाको विभिन्न उच्च स्तरिय (हाइप्रोफाइल) मुद्दाहरुको अनुसन्धानमा पनि संलग्न भइसकेका व्यक्ति हुन्

अमेरिकी अनुसन्धान व्यूरोमा अनुसन्धान, खोज र तालिमको २७ वर्षको अनुभव रहेकाले एण्ड्रियु ब्रिङ्ग्रेको भनाइ अहिलेपनि निकै महत्त्वपूर्ण छ । अमेरिकी संघीय जाँचबुझ ब्यूरो (एफबीआई)का पूर्व अधिकारीसमेत रहेका उनी आफ्नो अनुसन्धानका लागि संगठित अपराधविरुद्धको अनुसन्धान विधा अन्तर्गत महान्यायाधीवक्ताले दिने प्रमाणपत्रसहित विभिन्न पुरस्कारबाट समेत सम्मानित भइसकेका छन् । एण्ड्रियु ब्रिङ्ग्रेल आतंकवादी तथा अन्य जघन्य अपराधमा निकै पोख्त अधिकारी थिए र अहिलेपनि तालिम तथा सल्लाहकारको भूमिकामा एफबीआईसँग नियमित काम गरिरहेका छन् ।

ब्रिङ्ग्रेल अमेरिकाको विभिन्न उच्च स्तरिय (हाइप्रोफाइल) मुद्दाहरुको अनुसन्धानमा पनि संलग्न भइसकेका व्यक्ति हुन् । उनी एरिक रोबर्ट रुडल्फको गर्भपतन क्लिनिकमा भएको बम आक्रमण, मोण्टाना फ्रिम्यान बन्धक प्रकरणका वार्ताकार तथा अमेरिकामा भएको इतिहासकै सबैभन्दा भीषण आतंकवादी आक्रमण ९/११ र पेन्टागनमा भएको आक्रमणको अनुसन्धानमा पनि संलग्न भएका एफबीआइका अधिकारी हुन् ।

लोकतान्त्रिक बाटोबाटै नेपालको सबैभन्दा ठूलो दल बनेर सरकार चलाइरहेको पार्टीका अध्यक्ष भएपनि प्रचण्डका अहिलेका कदमहरु कस्ता छन् भन्नेबारेसमेत अमेरिकी सुरक्षा निकायहरुले सुक्ष्म अध्ययन भने गरिरहेको छ

पछिल्लो समय अमेरिकाले प्रचण्डलाई गरिरहेको व्यवहारबारे उनले खबरहबसँग विशेष कुराकानीका गरेका छन् । यसअघि आतंककारीको सूचीमा रहेका नेताहरुले पछि हिंसाको बाटो त्यागेर शान्तिपूर्ण राजनीतिमा आएको र उनीहरु जनमतबाट उच्च राजनीतिक ओहोदामा पुगेको दृष्टान्त दिँदै ब्रिङ्ग्रेलले प्रचण्डलाई सफाइ दिने र उनलाई अमेरिका भ्रमण गर्न दिने अमेरिकी नीति पनि त्यसैको निरन्तरता रहेको जनाए ।

ब्रिङ्ग्रेलले प्रचण्डमात्रै नभएर अमेरिकाका राष्ट्रपिता जर्ज वाशिंटन, मेनाकेम बेगिन, यासेर अराफात, बबी रस र अरु धेरै नेताहरु अमेरिकाले परिभाषित गरेको आतंकवादी समूहका सदस्य रहेको तर पछि उनीहरुले राजनीतिक पद सम्हालेको उदाहरण पनि दिए ।

‘पूर्व आतंकवादीको सूचीमा रहेकाहरुले आफ्नो राजनीतिक उद्देश्य पूरा गर्नका लागि सरकार तथा मानिसहरुलाई लक्षित गरी हिंसा मच्चाउने गरेकाले आतंककारीको सूचीमा राखिएको हो’ ब्रिङ्ग्रेलले खबरहबसँग भने ,‘तर, पछि उनीहरुले आफ्ना हिंसात्मक गतिविधिलाई त्यागेर शान्तिपूर्ण राजनीतिमा आएपछि ती मुलुकहरुमा उनीहरुको कदम स्वीकार गरिसकेकाले इतिहास हेरेर त्यसैमा अड्नुपर्ने अवस्था रहँदैन ।’

‘प्रचण्डलाई अमेरिकामा सामन्य व्यवहार गरिएको छ, यो नौलो होइन’ ब्रिङ्ग्रेल भन्छन्

खबरहबसँगको विशेष कुराकानीका क्रममा ब्रिङ्ग्रेलले भने ‘यसअघि आतंककारीको सूचीमा रहेका नेताहरुले चुनाव लडेको र उनीहरुले हिंसात्मक गतिविधि छाडेर शान्तिपूर्ण राजनीतिक मुलधारमा आई आफ्ना राजनीतिक दर्शनलाई निरन्तरता दिएपछि आतंकवादीको इतिहास मेटीयो ।’ उनले थपे,‘हिंसात्मक गतिविधिलाई नै निरन्तरता दिनेहरु प्रतिबन्धित हुने हो, शान्तिपूर्ण राजनीतिक मूलधारमा आइसकेकालाई प्रतिबन्धको जरुरी रहँदैन ।’

‘प्रचण्डलाई अमेरिकामा सामन्य व्यवहार गरिएको छ, यो नौलो होइन’ ब्रिङ्ग्रेल भन्छन्, ‘यसअघि बिभिन्न देशका नेताहरुपनि अमेरिकाको आतंककारीको सूचीमा रहेको तर पछि उनीहरुले हिंसात्मक व्यबहार परिवर्तन गरी अमेरिकासंगको सम्बन्धलाई कुटनीतिक बनाएकाले प्रचण्डलाई गरिएको ब्यबहार अन्य नेताहरुलाई गरिएको व्यवहारभन्दा केही फरक छैन ।’

ब्रिङ्ग्रेलका अनुसार प्रचण्डलाई अमेरिकामा गरिएको व्यवहारबाट प्रचण्ड सधैको लागि पूर्ण रुपमा खतराको घेराबाट मुक्त भइसकेको भने भन्न मिल्दैन ।

‘उनी अझै अमेरिकाको सुरक्षा संयन्त्रको निगरानीमा नै हुन सक्छन् । लोकतान्त्रिक बाटोबाटै नेपालको सबैभन्दा ठूलो दल बनेर सरकार चलाइरहेको पार्टीका अध्यक्ष भएपनि प्रचण्डका अहिलेका कदमहरु कस्ता छन् भन्नेबारेसमेत अमेरिकी सुरक्षा निकायहरुले सुक्ष्म अध्ययन भने गरिरहेको छ’ उनले थपे‘ प्रचण्डले लोकतान्त्रिक प्रतिष्पर्धालाई स्वीकार गरि नेपालमा खुल्ला राजनीति गर्नु सबैको हितमा छ र अमेरिका पनि यसमै विश्वास गर्छ ।’

‘राजनीतिले अचम्मका मानिसहरुलाई साझेदार बनाउँछ । उत्तर कोरियाली नेता किम जोङ उनसँग राष्ट्रपति डोनाल्ड ट्रम्पले भेट गरेजस्तै, अमेरिका आफ्ना साझेदारलाई नजिक राख्नुपर्छ भन्नेमा विश्वास राख्छ, तर आफ्ना दुश्मनलाई झनै नजिक राख्नुपर्छ’ ब्रिङ्ग्युएलले भने ।
प्रचण्डमाथि उजुरी परेपनि एफबीआईले अनुसन्धान नगरेको हो भन्ने खबरहबको प्रश्नमा ब्रिङ्ग्रेलले भने,‘अमेरिकामा उजुरी गर्ने तथा विदेशी पाहुनालाई भ्रमण गराउने बिभिन्न गोप्य तथा खुल्ला प्रक्रियाहरु छन् जसका बारेमा थप टिप्पणी गर्न असमर्थ छु ।’

यो पनि पढ्नुहोस्

प्रचण्डविरुद्ध अमेरिकामा उजुरी, ‘नो इन्भेष्टिगेसन’ को सर्कुलर !

अमेरिका–प्रचण्ड सम्बन्ध: उतारचढावका भित्री पाटा

पत्नीको उपचारका लागि अमेरिका उडे प्रचण्ड (भिडियो सहित)

मुस्ताङमा नेपाल र अमेरिकी सेनाको संयुक्त सैन्य अभ्यास

८ वर्षपछि उच्च अमेरिकी अधिकारी नेपालमा

कुटनीतिक परिपक्वता देखाऊ

प्रकाशित मिति : १० चैत्र २०७५, आइतबार  ९ : ५३ बजे

१२ वर्षमा एक हजार दुई सयको मिर्गौला प्रत्यारोपण

भक्तपुर । सहिद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्रले स्थापनाको १२ वर्षमा

भूक्षयबाट जोगाउन सनवोरामा जैविक तटबन्ध

कञ्चनपुर । भूक्षयबाट जोगाउन कञ्चनपुरको शुक्लाफाँटा नगरपालिकामा रहेको सनवोरा नदीमा

कतारसँग नेपालको व्यापार : सानो तर सधैँ घाटामा

काठमाडौं – अन्तरदेशीय व्यापारमध्ये कतारसँग नेपालको व्यापार हिस्सा सानो परिमाणमा

‘भाइरल गोर्खे’ को छायांकन सुरु

काठमाडौं । फिल्म ‘भाइरल गोर्खे’को छायांकन लमजुङबाट सुरु गरिएको छ

सरकारले कानुनमा संशोधन गरेकामा महासङ्घद्वारा स्वागत

काठमाडौं । आसन्न लगानी सम्मेलनलाई केन्द्रित गरी नेपाल सरकारले विभिन्न