जबर्जस्ती करणीको आरोपमा पोर्चुगलमा एक नेपाली पक्राउ | Khabarhub Khabarhub

जबर्जस्ती करणीको आरोपमा पोर्चुगलमा एक नेपाली पक्राउ


१० चैत्र २०७५, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

पोर्चुगल – जबरजस्ती करणीको आरोपमा पोर्चुगलमा एक नेपाली पक्राउ परेका छन् । सँगै काम गर्ने २३ वर्षीया युवतीलाई बलात्कार गरेको आरोपमा प्रहरीले एक नेपालीलाई पक्राउ गरेको हो ।

पक्राउ परेका ती नेपालीको नाम खुलाइएको छैन भने तर उमेर अन्दाजी ३५ वर्ष रहेको जनाइएको छ ।

घटना गत मङ्गलबार राति को हो । बलात्कार भएको आरोपमा पीडित युवतीले आसपासका वासिन्दालाई जानकारी गराएकी पछि स्थानीयले प्रहरी बोलाएका थिए । प्रहरीले पीडित युवतीलाई अस्पताल लगेको थियो भने अस्पतालले उनी बलात्कृत भएको जनाएको थियो ।

बलात्कारको आरोपमा पक्राउ परेका ती नेपालीलाई थुनामा राखेर अनुसन्धान जारी राखिएको जनाइएको छ ।

प्रकाशित मिति : १० चैत्र २०७५, आइतबार  ८ : ३८ बजे

अर्धशतक बनाउन चुके आरिफ

काठमाडौं – आयरल्याण्ड ए विरूद्ध नेपालका आरिफ शेख अर्धशतक बनाउन

लोकेश बम १ सय ६ रनमा आउट

काठमाडौं – आयरल्याण्ड ए विरूद्ध शतक प्रहार गरेका नेपालका लोकेश

आयरल्याण्ड ए विरूद्ध नेपालका लोकेश बमको शतक

काठमाडौं – आयरल्याण्ड ए विरूद्ध नेपालका लोकेश बमले शतक प्रहार

परीक्षा बोर्डले रद्द गर्‍यो एसईईको अनुगमन अनुमतिपत्र

काठमाडौं – राष्ट्रिय परीक्षा बोर्डले माध्यमिक शिक्षा परीक्षा (एसईई) सम्बन्धमा

चितवनमा बढे बैंकिङ कसुरका उजुरी

चितवन – जिल्ला प्रहरी कार्यालय चितवनमा चालु आर्थिक वर्षको ९