आईपीएल क्रिकेटः साविक विजेता चेन्नईको विजयी शुरुवात | Khabarhub Khabarhub

आईपीएल क्रिकेटः साविक विजेता चेन्नईको विजयी शुरुवात


१० चैत्र २०७५, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– साबिकको विजेता चेन्नई सुपर किङ्सले १२औं संस्करणको इण्डियन प्रिमियर लिग क्रिकेटमा विजयी सुरुवात गरेको छ ।

शनिबार भएको उद्घाटन खेलमा विराट कोहलीको रोयल च्यालेन्जर्स बैंगलोरलाई ७ विकेटले पराजीत गर्दे महेन्द्र सिंह धोनीको चेन्नईले विजयी सुरुवात गरेको हो ।

चेन्नईस्थित एमए चिदामबरम क्रिकेट स्टेडियममा बैंगलोरले दिएको ७१ रनको सामान्य लक्ष्य चेन्नईले ओभरमा १७ ओभर ४ बलमा मात्र ३ विकेट गुमाएर पुरा गर्यो । चेन्नईका लागि अम्बाती रायडुले सर्वाधिक २८ रन बनाए । त्यस्तै केदार जादबले अविजित १३ रन जोड्दा रबिन्द्र जडेजा ६ रनमा अविजित रहे ।

त्यस्तै सुरेश रैनाले १९ रन जोडे । यता, बैंगलोरका युजभेन्द्र चाहल, मोहमद सिराज र मोइन अलीले एक एक विकेट लिए । यसअघि टस हारेर पहिले ब्याटिङ गरेको बैंगलोरले १७ ओभर १ बलमा अलआउट हुँदै ७० रन बनाएको थियो ।

बैंगलोरका लागि पार्थीव पटेलले सर्वाधिक २९ रन जोड्नु बाहेक अन्य ब्याट्सम्यानले दोहोरो अंक जोडन सकेनन् । बैंगलोरलाई सस्तैमा समेट्न चेन्नईका हरबजन सिंह र इमरान ताहिरले ३-३ विकेट लिए । रबिन्द्र जडेजाले २ विकेट लिए । यो जितसंगै चेन्नईले पहिलो खेलमै २ अंक जोडेको छ ।

प्रकाशित मिति : १० चैत्र २०७५, आइतबार  ५ : ४४ बजे

डोल्पामा हिउँ चितुवाको सङ्ख्या नेपालमै उच्च

डोल्पा । हिमाली जिल्ला डोल्पामा दुर्लभ वन्यजन्तु हिउँ चितुवाको सङ्ख्या

सगरमाथा आरोहणका लागि तीन सय ५२ आरोहीले लिए अनुमति

काठमाडौं । यस वर्षको वसन्तयाममा सगरमाथा आरोहणका लागि तीन सय

काठमाडाैंमा ‘रोडसाइड रोलकल’ सडक संवाद सुरु

काठमाडौं । जिल्ला प्रहरी परिसर काठमाडौंले आज स्वयम्भूस्थित महाचैत्य प्राङ्गणमा

भारतले रोक्यो नेपाली चियाको निर्यात

झापा । भारतले पटके गुणस्तर परीक्षणको नयाँ प्रावधान लागू गरेर

त्रिभुवन विमानस्थलबाट आठ सय ५० ग्राम सुनसहित एक महिला पक्राउ

काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट प्रहरीले करिब आठ सय ५०