चिनियाँ नागरिक पक्राउ प्रकरण : तीन महिनाको अथक प्रयास | Khabarhub Khabarhub

चिनियाँ नागरिक पक्राउ प्रकरण : तीन महिनाको अथक प्रयास


८ पुस २०७६, मंगलबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- प्रहरीले काठमाडौँका विभिन्न क्षेत्रबाट सोमबार १२२ जना चिनियाँ नागरिक पक्राउ गर्‍यो ।

प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो, महानगरीय अपराध नियन्त्रण महाशाखा र महानगरीय प्रहरी परिसरको संयुक्त टोलीले उनीहरुलाई कोठमाडौँको विभिन्न क्षेत्रबाट पक्राउ गरेको हो ।

उनीहरु संस्थागत रुपमा घर भाडामा लिएर गैरकानूनी कार्य गरेको आरोपमा पक्राउ परेका हुन् । प्रहरीले उनीहरुलाई पक्राउ गर्न झण्डै तीन महिनाको समय लगाएको छ ।

‘यो तत्कालको घटना होइन, प्रहरीले तीन महिनादेखि नै अनुसन्धान थालेको थियो, तथ्य सङ्कलन गरिसकेपछि मात्रै उनीहरुलाई सोमबार पक्राउ गरिएको हो’, परिसरका प्रहरी नायब उपरीक्षक होविन्द्र बोगटीले भने ।

एकै दिनमा यति धेरै सङ्ख्यामा विदेशी नागरिक पक्राउ गरेको यो पहिलो हो । यसअघि बैंकको एटिएम ह्याक गरेको आरोपमा सातजना चिनियाँ पक्राउ परेका थिए भने अन्य विभिन्न घटनामा केही चिनियाँ नागरिक पक्राउ परेका छन् ।

यसपटक उनीहरुलाई बूढानीलकण्ठ, बाँसबारी र मनमैंजुबाट नियन्त्रणमा लिइएको हो । विदेशीले पर्यटक भिसामा नेपाल आएर कुनै घर भाडामा लिई संस्थागत काम गर्न पाउँदैन । चिनियाँ नागरिकहरुले यस्तो गतिविधि गरेको निक्कै समय भएको थियो ।

उनीहरुको गतिविधि शङ्कास्पद देखिएकाले स्थानीयवासीले नै प्रहरीलाई सूचना दिएको थियो । सोही आधारमा ब्यूरोको नेतृत्वमा प्रहरी टोली सूचना सङ्कलनमा खटिएको थियो ।

प्रहरीले आवश्यक प्रमाण सङ्कलनका क्रममा उनीहरुले कैफियत पत्ता लगाएपछि नेपालस्थित चिनियाँ दूतावाससँगको समन्वयमा उनीहरुलाई पक्राउ गरेको बोगटीले बताए।

चिनियाँ अर्थतन्त्रलाई असर पार्ने गतिविधि गरेको खुल्न नआएको प्रहरीले जनाएको छ । ‘उनीहरुले जे गरिरहेका छन्, सबै अनलाइनबाटै गरिरहेका देखियो, अनुसन्धानपछि मात्रै खास कुरा पत्ता लाग्ला’, महानगरीय अपराध नियन्त्रण महाशाखाका प्रहरी वरिष्ठ उपरीक्षक सहकुलबहादुर थापाले भने।

उनले विगतमा भएको बैंकको एटिएम ह्याकिङ्सँग उनीहरुको सम्बन्ध छ की छैन भन्नेतर्फसमेत अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

प्रहरी स्रोतका अनुसार पक्राउ परेका नेपाल बसेर अनलाइनमार्फत अश्लिल हर्कत गर्ने, अनलाइन जुवा खेलाउनेदेखि बैंक ह्याकिङ्मा संलग्न भएकासमेत परेको जनाइएको छ ।

५ दिनको म्याद थप, हिरासत सानो हुँदा विभिन्न ठाउँमा सारियो

उनीहरुमाथि आज काठमाडौँ जिल्ला अदालतबाट पाँच दिनको म्याद लिएर अनुसन्धान थालेको महानगरीय प्रहरी परिसर काठमाडौँका प्रहरी नायब उपरीक्षक होविन्द्र बोगटीले जानकारी दिए ।

उनीहरुमध्ये कतिपयसँग प्रवेशाज्ञापत्र (भिसा) समेत नभएको पाइएको छ । उनीहरुको साथबाट कम्प्युटर, ल्यापटप, मोबाइललगायतका सामग्री पनि बरामद गरिएको छ ।

स्थान अभाव हुँदा उनीहरुलाई विभिन्न प्रहरी कार्यालयको हिरासतमा राखिएको छ । पक्राउ परेका चिनियाँ नागरिकमध्ये महानगरीय प्रहरी वृत्त महाराजगञ्जमा ३८, बालाजु वृत्तमा १५, लैनचौर वृत्तमा ११, दरबारमार्ग वृत्तमा १४ जना राखिएको छ । बाँकी परिसरको हिरासतमा रहेको प्रहरीले जनाएको छ ।

प्रकाशित मिति : ८ पुस २०७६, मंगलबार  ९ : ०६ बजे

धार्मिक पर्यटन प्रवर्द्धनमा निजी क्षेत्रले सहकार्य गर्ने

गलकोट– नेपाल उद्योग वाणिज्य महासङ्घका अध्यक्ष चन्द्रप्रसाद ढकालले नेपालमा धार्मिक

साहित्यकार तथा गीतकार प्रकट पङ्गेनीको निधन

पोखरा– साहित्यकार तथा गीतकार प्रकट पङ्गेनीको निधन भएको छ ।

राजनीतिक स्थितिको प्रभाव कानून निर्माणमा छ : अध्यक्ष दाहाल

काठमाडौं– राष्ट्रियसभाका अध्यक्ष नारायण दाहालले मुलुकको राष्ट्रिय राजनीतिक परिस्थितिले कानून

इन्डोनेसियामा पहिरो : मृत्यु हुनेको सङ्ख्या २० पुग्यो

जाकर्ता– खोज र उद्धार टोलीले दक्षिण सुलावेसीको ताना तोराजामा थप

२३ किलो चरेशसहित एक व्यक्ति नियन्त्रणमा

बर्दिया– सशस्त्र प्रहरी बलले बर्दियामा २३ किला लागूऔषध चरेशसहित एक