हुम्लाका अधिकांश सरकारी कार्यालय प्रमुखविहीन, सेवाग्राहीलाई सास्ती | Khabarhub Khabarhub

हुम्लाका अधिकांश सरकारी कार्यालय प्रमुखविहीन, सेवाग्राहीलाई सास्ती


८ पुस २०७६, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

हुम्ला- हुम्लामा अत्यधिक चिसो बढेपछि जिल्लाका सरकारी कार्यालय प्रमुखविहीन बनेका छन् ।

जिल्लाका ३२ वटा सरकारी कार्यालयमध्ये हिउँद लागेसँगै २० वटा सरकारी कार्यालय प्रमुखविहीन बनेका हुन् । चिसो छल्न पुस महिनाको पहिलो सातामै कार्यालयका प्रमुखले जिल्ला छोड्न थालेपछि सरकारी कार्यालय प्रमुखविहीन भएका हुन् ।

जिल्ला प्रशासन कार्यालयसमेत प्रमुखविहीन बनेपछि नागरिकता बनाउन जाने सेवाग्राहीले सास्ती खेप्नु परेको छ ।

जिल्ला निर्वाचन, कोष तथा लेखा नियन्त्रण कार्यालय, यारी भान्सार कार्यालय, सिँचाइ सवडिभिजन कार्यालय, खानेपानी तथा सरसफाइ सवडिभिजन कार्यालय, भेटेनरी तथा पशु सेवा कार्यालय, जिल्ला कृषि विकास कार्यालय, जिल्ला अदालत, मालपोत कार्यालय लगायतमा कार्यालय प्रमुख नरहेको सहायक प्रमुख जिल्ला अधिकारी दत्तराज हमाल जानकारी दिए ।

सरकारी कार्यालयमा कार्यालय प्रमुख जिल्ला बाहिर रहँदा खरिदार तथा कार्यालय सहयोगीको भरमा काम सञ्चालन हुँदै आएको छ ।

प्रकाशित मिति : ८ पुस २०७६, मंगलबार  १० : ०० बजे

आईपिएल : ८९ रनमा समेटिएको गुजरातमाथि दिल्लीको शानदार जित

काठमाडौं – इन्डियन प्रिमियर लिग (आईपिएल) अन्तर्गत बुधबार राति भएको

कतै मेघगर्जन र चट्याङसहितको वर्षा, कतै हावाहुरी

काठमाडौं– जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल

बालबालिकालाई आज भिटामिन ‘ए’ र जुकाको औषधी खुवाइँदै

काठमाडौं– सरकारले ६ महिनादेखि ५ वर्ष मुनिका बालबालिकालाई आज र

बिहीबारको विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौं – आज २०८१ साल वैशाख ६ गते बुधबार सन्

बिहीबार भगवान विष्णुको पूजा

काठमाडौं – आज २०८१ साल वैशाख ६ गते बिहीबार तदनुसार