भारतीय राजदूत पुरीले गरे प्रधानमन्त्री ओलीसँग बिदाई भेट | Khabarhub Khabarhub

भारतीय राजदूत पुरीले गरे प्रधानमन्त्री ओलीसँग बिदाई भेट


८ पुस २०७६, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नेपालका लागि भारतीय राजदूत मञ्जिवसिंह पुरीले प्रधानमन्त्री केपी शर्मा ओलीसँग बिदाई भेट गरेका छन्।

मंगलबार प्रधानमन्त्री निवास बालुवाटार पुगेर पुरी दम्पत्तिले प्रधानमन्त्रीलाई भेट गरेका हुन्। भेट क्रममा प्रधानमन्त्री ओलीले उनलाई मायाको चिनो प्रदान गरेका थिए ।

यसअघि उनले कांग्रेसका सभापतिलगायतलाई भेट गरेका थिए।

राजदूत पुरीलाई सभापति शेरबहादुर देउवाले आफ्नै निवास बुढानिलकण्ठ बोलाएर ‘लञ्च’ गराएका थिए। लञ्च मिटिङमा देउवाले पार्टीका वरिष्ठ नेता रामचन्द्र पौडेल र पदाधिकारीलाई पनि बोलाएका थिए।

पुरी सन् २०१७ मार्चमा नेपाल आएका हुन्। उनी तीन वर्षपछि कार्यकाल सकेर फर्कंदैछन्।

प्रकाशित मिति : ८ पुस २०७६, मंगलबार  ७ : ५० बजे

बिहीबार वर्षाले अवरुद्ध नेपाल र आयरल्याण्ड ‘ए’को सिरिज आजदेखि

काठमाडौं – बिहीबारदेखि हुने भनेको नेपाल र आयरल्याण्ड ‘ए’को टी-२०

चर्च ब्वाइज इटहरी गोल्डकपको फाइनलमा, उपाधिका लागि आर्मीसँग भिड्दै

धरान– इटहरीमा जारी १४ औँ संस्करणको अन्तर्राष्ट्रिय आमन्त्रण कन्ट्रोल इटहरी

अध्ययन भन्छ- राति सुत्ने बेलामा भित्री वस्त्र नलगाउनुस्

प्रायः महिलाहरू राती भित्री वस्त्र लगाएर सुत्छन्। तर सामान्यतया रातमा

दिल्लीको लगातार दोस्रो हार : राजस्थान १२ रनले विजयी

काठमाडौँ – इन्डियन प्रिमियर लिग (आईपिएल) अन्तर्गत गएराति भएको खेलमा

शुक्रबारको विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौं – आज २०८० साल चैत १६ गते शुक्रबार सन्