तमोर र पश्चिमको माडी जलाशयुक्त आयोजनाको काम छिट्टै अगाडि बढाइने | Khabarhub Khabarhub

तमोर र पश्चिमको माडी जलाशयुक्त आयोजनाको काम छिट्टै अगाडि बढाइने


८ मंसिर २०७६, आइतबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– सरकारले चिनियाँ कम्पनीसँगको साझेदारीमा अगाडि बढाउन लागेको दुई महत्वपूर्ण जलविद्युत् आयोजनाको कामलाई छिट्टै गति दिने भएको छ । चिनियाँ राष्ट्रपति सी चिनफिङको नेपाल भ्रमणका क्रममा पूर्वको तमोर जलाशयुक्त आयोजना र पश्चिमको माडी जलाशयुक्त आयोजना निर्माणसम्बन्धी समझदारीपत्रमा हस्ताक्षर भएको थियो ।

सरकारी स्वामित्वको हाइड्रोइलेक्टिसिटी इन्भेस्टमेन्ट एन्ड डेभलपमेन्ट कम्पनी लिमिटेड र चीनको पावर चाइनका बीचमा ती आयोजना निर्माणसम्बन्धी समझदारीपत्रमा हस्ताक्षर भएको थियो । आइतबार आफूसँग शिष्टाचार भेटका लागि आएकी नेपालका लागि चिनियाँ राजदूत होऊ यान्छीसँग ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री वर्षमान पुनले राष्ट्रपतिको राजकीय भ्रमणका क्रममा भएको समझदारीअनुसार आयोजनाको काम शुरु हुने बताए ।

मन्त्री पुनले गत महिना भएको चिनियाँ राष्ट्रपतिको नेपाल भ्रमण ऐतिहासिक रुपमा सम्पन्न भएको भन्दै उक्त भ्रमणका क्रममा नेपाल–चीनबीच एक वर्षभित्र ऊर्जा र जलविद्युत्को क्षेत्रमा सहकार्यको योजना बनाई कार्यान्वयन गर्ने समझदारी भएको भन्दै उक्त समझदारीलाई अघि बढाउने जनाए ।

मन्त्री पुनले नेपाल चीनबीचको ऊर्जा संयन्त्रको पहिलो बैठक सम्पन्न भइसकेको भन्दै दुवै देशबीच भएका समझदारीलाई अघि बढाउन संयन्त्रको दोस्रो बैठक छिट्टै आयोजना हुने विश्वास व्यक्त गरे ।

मन्त्री पुनले ६० मेगावाट क्षमता भएको माथिल्लो त्रिशूली थ्री ‘ए’ जलविद्युत् आयोजना भर्खरै सम्पन्न भएको भन्दै त्यसमा चीन सरकारले गरेको सहयोगप्रति धन्यवादसमेत दिए । सो आयोजनाको प्रमुख निर्माण कम्पनीका रुपमा चिनियाँ कम्पनी गेजुवा रहेको थियो ।

मन्त्री पुनले सुनकोशी मरिन डाइभर्शन परियोजनामा चिनियाँ ऋण सहयोगका लागि अर्थ मन्त्रालयमार्फत प्रक्रिया शुरु भएको भन्दै त्यसलाई छिटो अघि बढाइदिन चिनियाँ राजदूतलाई आग्रह गरे । उनले पछिल्लो समय नेपालको जलविद्युत् क्षेत्रमा लगानीका लागि चिनियाँ लगानीकर्ताको सङ्ख्यामा वृद्धि भइरहेको भन्दै सरकार र मन्त्रालयले पूर्णरुपमा सहजीकरण गरिरहेको बताए ।

भेटमा चिनियाँ राजदूत यान्छीले नेपालको ऊर्जा क्षेत्रको विकास र विस्तारका लागि नेपाल सरकारसँग सहकार्यका लागि इच्छुक रहेको बताइन् । उनले चिनियाँ कामदारले व्यहोरिरहेको प्रवेशाज्ञाको समस्या, नीतिगत, बिजुलीको महसुल दरजस्ता समस्या समाधानमा ऊर्जामन्त्रीले खेलेको भूमिकाको प्रशंसा गरिन् । साथै ऊर्जा संयन्त्रको बैठकका लागि आफूले सरोकारवाला निकायसँग छलफल गरेर बैठकको मिति चाँडै टुङ्गो लगाउने जानकारी दिइन् ।

चिनियाँ राजदूतले मन्त्री पुनलाई चीनबाट युनान प्रान्तका गभर्नरको नेपाल भ्रमण हुन लागेको जानकारी दिँदै त्यस क्रममा ऊर्जा क्षेत्रमा सहकार्य गर्न आफूहरु इच्छुक रहेको धारणा राखिन् । ‘चीनबाट गभर्नर तहकै भ्रमण हुँदैछ, युनान जलविद्युत् र ऊर्जा क्षेत्रमा निकै प्रगति गरेको भनेर चिनिने प्रान्त पनि हो, उहाँको भ्रमण ऊर्जा र जलविद्युत् क्षेत्रमा सहकार्य गर्नेमा केन्द्रित हुनेछ,’ राजदूत यान्छीले भेटमा भनिन् ।

प्रकाशित मिति : ८ मंसिर २०७६, आइतबार  ३ : ४४ बजे

एलोन मस्कको  भारत भ्रमण स्थगित

नयाँदिल्ली– अर्बपति एलोन मस्कले आफ्नो भारत भ्रमण स्थगित गरेको बताएका

कुम्भमेलामा १० दिनमा दुई लाख दर्शनार्थी सहभागी

धरान– सुनसरीको बराहक्षेत्र नगरपालिका–१ चतराधाममा सञ्चालन भइरहेको १२ वर्षे पिण्डेश्वर

अन्तर्राष्ट्रिय प्रतिस्पर्धामा भाग लिन जाने उसु खेलाडीको बिदाई

काठमाडौं– चीनमा आयोजना हुने अन्तर्राष्ट्रिय प्रतिस्पर्धामा भाग लिन २० सदस्यीय

एमाले महाधिवेसन प्रतिनिधि सम्मेलन (फोटोफिचर)

काठमाडौंं– नेकपा एमालेको राष्ट्रिय महाधिवेशन प्रतिनिधि परिषद् बैठक आजबाट सुरु