मन्त्रिपरिषद पुनर्गठन असहमतिबारे समाजवादीले सरकारसँग वार्ता गर्ने | Khabarhub Khabarhub

मन्त्रिपरिषद पुनर्गठन असहमतिबारे समाजवादीले सरकारसँग वार्ता गर्ने


८ मंसिर २०७६, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– समाजवादी पार्टी नेपालले सरकारको नेतृत्व गरिरहेको दल नेपाल कम्युनिस्ट पार्टी(नेकपा) सँग वार्ताका लागि समिति गठन गरेको छ ।

शनिवार बसेको समाजवादी पार्टीको पदाधिकारी वैठकले प्रधानमन्त्रीद्वारा समाजवादी पार्टीसँग कुनै परामर्श नगरी मन्त्रीमण्डल पुनर्गठन गरेको र यो संयुक्त सरकारको राजनीतिक मूल्य, मान्यता र संस्कृति प्रतिकूल भएकोले भन्दै गम्भीर असहमति प्रकट गरेको छ ।

असहमत भएका विषय र सरकारमा सहभागी हुने उपेन्द्र यादव नेतृत्वको संघीय समाजवादी फोरमसँग भएको दुई बुँदे सहमतिको कार्यान्वयनका सन्दर्भमा सरकार र सरकारसम्बद्ध पार्टी नेकपासँग वार्ता गर्न वार्ता समिति निर्माण गरेको पार्टीका प्रचार विभाग उपप्रमुख विश्वदीप पाण्डेले जानकारी दिए ।

वार्ता समितिमा संघीय परिषद अध्यक्ष डा. बाबुराम भट्टराई, केन्द्रीय समिति अध्यक्ष उपेन्द्र यादव, वरिष्ठ नेता अशोककुमार राई र सह अध्यक्ष राजेन्द्रप्रसाद श्रेष्ठ रहेका छन् ।

प्रकाशित मिति : ८ मंसिर २०७६, आइतबार  १२ : ३० बजे

बोक्सीको घरको प्रिमियर सम्पन्न

काठमाडौं – शुलक्षण भारतीको लेखन तथा निर्देशन रहेको फिल्म ‘बोक्सी’को

आगोले पाइप जलेपछि खानेपानीको समस्या

स्याङ्जा – वनमा लागेको आगोले पाइप जलेपछि गाउँमा खानेपानीको समस्या

मटिहानीमा लागेको आगो ६ घण्टापछि नियन्त्रण

जलेश्वर । महोत्तरीको मटिहानी नगरपालिका–६ जरलहवाहत्ता टोलमा आज दिउँसो लागेको

डोल्पामा जेठ १० गतेदेखि यार्सा सङ्कलन खुला

डोल्पा । हिमाली जिल्ला डोल्पामा आगामी जेठ १० गतेदेखि औपचारिकरुपमा

प्रहरीद्वारा १६ लाख बराबरको सामान बरामद

कञ्चनपुर । कञ्चनपुरमा भारतबाट भन्सार छली गरी ल्याएको रु १६