उस्तै किसिमका फिल्म बनाउने हो भने ६/६ महिनामा बनाउन सक्छु: निश्चल बस्नेत | Khabarhub Khabarhub

उस्तै किसिमका फिल्म बनाउने हो भने ६/६ महिनामा बनाउन सक्छु: निश्चल बस्नेत


६ कार्तिक २०७६, बुधबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – निश्चल बस्नेतले चलचित्र ‘लूट’ निर्देशन गरेपछि खुबै वाहवाही कमाए । त्यसपछि उनले निर्देशन गरेका फिल्म ‘लूट’ जस्तै चर्चामा नआए पनि निश्चललाई ‘लूट’ ले नै फरक निर्देशकको परिचय दिलायो । बरु पछिल्लो समय उनी फिल्म निर्देशनमा भन्दा बढी अभिनयमा देखिएका छन् ।

फिल्ममा अभिनय गर्ने रहर पहिलेदेखि नै भएको निश्चल बताउँछन् । तर उनलाई आफूलाई अभिनय गर्न सक्छु भन्नेमा विश्वास थिएन । शुक्रबारदेखि चलचित्र ‘घामड शेरे’ मार्फत दर्शकमाझ आउन लागेका निश्चलले फिल्मका बारेमा कुराकानी गरे । उनले आफूलाई अभिनयमा पहिलेदेखि नै रुचि भए पनि फिल्म खेल्न नचाहेको पनि खुलाए ।

‘फिल्म बनाएर गरिखान्छु भनेर त नसोचेको मान्छेले अभिनय गर्छु भनेर सोच्ने कुरै थिएन, तर फिल्म खेल्दाखेल्दै कलाकार पनि बनियो,’ निश्चलले भने ।

उनले चलचित्र ‘लूट’ मा पनि रहरकै कारण सानो भूमिकामा अभिनय गरेको सुनाए । पछि भने फिल्ममा समेत अफर आउन थालेको र ती भूमिका आफूलाई चित्त बुझेपछि अभिनय गरेको उनको भनाइ थियो ।

‘खासमा त कबड्डीमा पनि अरु कलाकारको खोजी भइरहेको थियो, पछि यो भूमिकामा यो केटो सुहाउँछ भन्दै मलाई नै खेलाए,’ उनले भने । उक्त फिल्ममा निश्चलको लगानी पनि थियो । फिल्मले निश्चलको अभिनयको पनि चर्चा भयो । उनको थप क्रेज पनि भयो ।

‘मैले कलाकारका रुपमा काम गर्दिनँ भन्न खोजेको होइन तर भोलि निर्देशकका रुपमा भने मलाई दर्शकले फरक भूमिकामै देख्नुहुनेछ,’ निश्चलले भने, ‘यदि मैले उस्तै किसिमका फिल्म बनाउने हो भने ६/६ महिनामा फिल्म बनाउन सक्छु, मसँग त्यति धेरै स्किृप्ट आउँछन् ।’

भविष्यमा पनि आफूलाई चित्त बुझेका र फरक लागेका फिल्म मात्र बनाउने निश्चलको भनाइ थियो । ‘अरुलाई फरक नलाग्ला तर मलाई चाहिँ फरक लाग्यो भने त्यस्तो फिल्म निर्देशन गर्छु, मैले बनाउने फिल्मको स्किृप्ट खोजिरहेको छु,’ उनले भने ।

हिजोका दिनमा आफू कलाकार बन्छु भन्ने समेत नसोचेको तर अहिले शीर्ष भूमिकामा देखिएको र ती भूमिका पनि निर्देशककै आग्रहमा गरिरहेको उनको भनाइ थियो । यसअघि चलचित्र ‘प्रसाद’ मा पनि उनले निभाएको नकारात्मक भूमिकाले तारिफ पाएको थियो ।

‘मलाई कहिलेकाहीँ लाग्छ कि म लेखाइमा नै फेल भएको छु भने अरुमा त झन् के गर्न सक्छु, त्यही भएर समय कुरिरहेको छु,’ निश्चलले भने, ‘शायद मेरो जीवनमा पनि धेरै फिल्म पाउनुहुने छैन । उत्कृष्ट नहोला तर फरक होस् भन्ने किसिमले सीमित फिल्ममा मात्र काम गर्छु ।’

चलचित्र ‘घामड शेरे’ मा उनले पत्नी स्वस्तिमा खड्कासँग रोमान्स गरेका छन् । फिल्ममा निश्चल र स्वस्तिमा साली भेनाको भूमिकामा छन् । हेमराज बिसीले निर्देशन गरेको यो फिल्म रिलिजअघि भने चर्चामा छ ।

प्रकाशित मिति : ६ कार्तिक २०७६, बुधबार  ५ : ४४ बजे

मटिहानीमा लागेको आगो ६ घण्टापछि नियन्त्रण

जलेश्वर । महोत्तरीको मटिहानी नगरपालिका–६ जरलहवाहत्ता टोलमा आज दिउँसो लागेको

डोल्पामा जेठ १० गतेदेखि यार्सा सङ्कलन खुला

डोल्पा । हिमाली जिल्ला डोल्पामा आगामी जेठ १० गतेदेखि औपचारिकरुपमा

प्रहरीद्वारा १६ लाख बराबरको सामान बरामद

कञ्चनपुर । कञ्चनपुरमा भारतबाट भन्सार छली गरी ल्याएको रु १६

दिल्लीद्वारा गुजरातलाई २२५ रनको लक्ष्य प्रस्तुत

काठमाडौं । इन्डियन प्रिमियर लिग (आईपीएल)मा दिल्ली क्यापिटल्सले गुजरात टाइटन्सलाई

भोजपुर गोल्डकप : चर्च ब्वाइज सेमिफाइनलमा

भोजपुर । भोजपुरमा जारी सातौँ संस्करणको अन्तर्राष्ट्रिय आमन्त्रित मेयर भोजपुर