विश्व सैनिक खेलकुदमा तुलसाद्वारा राष्ट्रिय कीर्तिमान | Khabarhub Khabarhub

विश्व सैनिक खेलकुदमा तुलसाद्वारा राष्ट्रिय कीर्तिमान


६ कार्तिक २०७६, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- चीनको उहानमा जारी सातौँ विश्व सैनिक गृष्मकालीन खेलकूद प्रतियोगितामा नेपाली सेनाकी तुलसा खत्रीले राष्ट्रिय कीर्तिमान कायम गरेकी छिन् ।

प्रतियोगितामा सेनाकी खत्रीले आज ट्रयाक एण्ड फिल्डअन्तर्गत सञ्चालन भएको महिलातर्फको चार सय मिटर दौडमा राष्ट्रिय कीर्तिमान राख्न सफल भएकी हुन् ।

एक्काइस देशका खेलाडी सहभागी उक्त दौड खत्रीले ५९ दशमलव ५७ सकेण्डमा पूरा गरेकी हुन् । यसअघि उक्त दौडको कीर्तिमान प्रमिला रिजालको नाममा थियो । रिजालले सन् २०१० मा उक्त दौड ५९ दशमलव ९० सकेण्डमा पूरा गरेकी थिइन् ।

मंगलबार सञ्चालन भएको महिलातर्फको एक सय मिटर दौड नेपाली सेनाकी सरस्वती चौधरीले १२ दशमलव ६६ सकेण्डमा पूरा गरी व्यक्तिगत रेकर्डमा सुधार गरेकी छन् । उक्त दौडमा २६ देशका खेलाडी सहभागी थिए ।

प्रतियोगिताअन्तर्गत मंगलबार बीच भलिबल, आर्चरी र महिला बक्सिङका खेल सम्पन्न भएका छन् ।

प्रकाशित मिति : ६ कार्तिक २०७६, बुधबार  ६ : ०१ बजे

अर्घाखाँचीमा आगलागीबाट एक सय तीन घरगोठ जले

अर्घाखाँची – अर्घाखाँचीमा आगलागीबाट डेढ महिनामा एक सय तीन घरगोठमा

गुणस्तरहीन चाउचाउ भेटिएपछि चौधरी ग्रुपलाई २ लाख जरिवाना

काठमाडौं । काठमाडौं महानगरपालिकाले चौधरी ग्रुपलाई २ लाख रुपैयाँ जरिवाना

कक्षा १२ को परीक्षा भोलिदेखि, तीन लाख ९० हजार परीक्षार्थी

भक्तपुर – कक्षा १२ परीक्षा भोलिदेखि देशभर एकैसाथ सुरुहुँदै छ

नक्कली शरणार्थी प्रकरण : रायमाझीसहित सात जनालाई थुनामै राख्न आदेश

काठमाडौं । सर्वोच्च अदालतले नक्कली भुटानी शरणार्थी प्रकरणमा नेकपा (एमाले)का

खेलकुद महासंघ सुनसरीको संयोजकमा पौडेल

बिराटनगर – नेपाल खेलकुद महासंघ सुनसरीको संयोजकमा बिकल पौडेल चयन