घटस्थापनामा सार्वजनिक बिदा दिन माग | Khabarhub Khabarhub

घटस्थापनामा सार्वजनिक बिदा दिन माग


६ आश्विन २०७६, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

पोखरा– क्षेत्री समाज नेपालले नेपालीहरुको महान पर्व बडादशैँको पहिलो दिन घटस्थापनामा सार्वजनिक बिदा दिन माग गरेको छ ।

‘राष्ट्रिय अखण्डता र जातीय सद्भावका निम्ति क्षत्री एकता आजको आवश्यकता’ भन्ने मूल नारालाई आत्मसात् गर्दै आएको क्षत्री समाजले सोमबार गण्डकी प्रदेश प्रमुख बाबुराम कुँवर, प्रदेश सभामुख नेत्रनाथ अधिकारी, उपसभामुख सिर्जना शर्मा र प्रमुख जिल्ला अधिकारी रमेशबहादुर केसीलाई भेटी ज्ञापनपत्र बुझाएको हो ।

मुलुकमा विद्यमान विकृति, विसङ्गति, विभेद् तथा राष्ट्रिय स्वाभिमान एवं नेपालीबीचको एकता र सद्भावका निम्ति आत्मबल तथा मनोवैज्ञानिक शक्ति आर्जनको माध्यमका रूपमा लिँदै आएको घटस्थापनाको दिनलाई राष्ट्रिय पर्वका रूपमा सम्मान गरी उक्त दिन सार्वजनिक बिदा दिन ज्ञापनपत्रमार्फत माग गरिएको छ ।

क्षत्री समाज नेपाल गण्डकी प्रदेशका अध्यक्ष बेनीबहादुर बस्नेतले परम्पराले नै मुलुकको अस्तित्व जीवित रहने बताए ।

गण्डकी प्रदेशका नौ जिल्लामा क्षत्री समाज नेपाल जिल्ला समितिले बडादशैँको आगमनको महत्वपूर्ण दिनमा गत वर्षदेखि सरकारले बिदा कट्टा गरेको हुँदा यसलाई पुनःस्थापित गराउन सम्बन्धित निकायको ध्यानाकर्षण गराएको क्षत्री समाज नेपाल कास्कीका अध्यक्ष पद्मबहादुर कार्कीले जानकारी दिए ।

सो अवसरमा गण्डकी प्रदेश प्रमुख, प्रदेशसभाका सभामुख र जिल्ला प्रशासन कार्यालय, कास्कीका प्रमुखले नेपालीहरुको महान चाड बडादशैँको शुभारम्भमा सार्वजनिक बिदा माग गर्नु जायज रहेको भन्दै यस विषयलाई सम्बन्धित निकायसम्म पुर्‍याउने प्रतिबद्धता व्यक्त गरे ।

प्रकाशित मिति : ६ आश्विन २०७६, सोमबार  १० : १५ बजे

बोक्सीको घरको प्रिमियर सम्पन्न

काठमाडौं – शुलक्षण भारतीको लेखन तथा निर्देशन रहेको फिल्म ‘बोक्सी’को

आगोले पाइप जलेपछि खानेपानीको समस्या

स्याङ्जा – वनमा लागेको आगोले पाइप जलेपछि गाउँमा खानेपानीको समस्या

मटिहानीमा लागेको आगो ६ घण्टापछि नियन्त्रण

जलेश्वर । महोत्तरीको मटिहानी नगरपालिका–६ जरलहवाहत्ता टोलमा आज दिउँसो लागेको

डोल्पामा जेठ १० गतेदेखि यार्सा सङ्कलन खुला

डोल्पा । हिमाली जिल्ला डोल्पामा आगामी जेठ १० गतेदेखि औपचारिकरुपमा

प्रहरीद्वारा १६ लाख बराबरको सामान बरामद

कञ्चनपुर । कञ्चनपुरमा भारतबाट भन्सार छली गरी ल्याएको रु १६