भोजपुरमा शिक्षक र कर्मचारीलाई ल्यापटप वितरण | Khabarhub Khabarhub

भोजपुरमा शिक्षक र कर्मचारीलाई ल्यापटप वितरण


६ आश्विन २०७६, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

भोजपुर– भोजपुर नगरपालिका–५ बोखिममा रहेको पञ्चकन्या माविका शिक्षक तथा कर्मचारीलाई ल्यापटप वितरण गरिएको छ ।

विद्यालयको शैक्षिक गुणस्तर विकास गर्न तीन जना शिक्षक तथा कर्मचारीलाई ल्यापटप वितरण गरिएको जनाइएको छ ।

शिक्षा विकास तथा समन्वय एकाइ भोजपुरका तर्फबाट ९ र विद्यालयको आन्तरिक स्रोतबाट चार गरी ६ लाख बराबरको ल्यापटप वितरण गरिएको विद्यालयका शिक्षक लक्ष्मण जोशीले जानकारी दिए । जिल्ला समन्वय समिति भोजपुरका प्रमुख लक्ष्मण खड्काले एक कार्यक्रमका बीच ल्यापटप हस्तान्तरण गरेका हुन् ।

त्यस्तै विद्यालयमा गठित सगरमाथा टिन्स क्लबको आयोजना तथा वडा नं ५ को आर्थिक सहयोगमा विद्यार्थीलाई शैक्षिक सामग्रीसमेत वितरण गरिएको छ । सोमबार नै विद्यालयमा आयोजित सामुदायिक प्रहरी साझेदारी कार्यक्रमका अवसरमा शैक्षिक सामग्री वितरण गरिएको हो ।

प्रकाशित मिति : ६ आश्विन २०७६, सोमबार  ४ : २९ बजे

६८ लाखको लागतमा प्रशासनिक भवन निर्माण

टीकापुर– टीकापुर नगरपालिका– ७ को प्रशासनिक भवन ६८ लाख रुपैयाँको

साउदी प्रो लिग : अल नासरको पुनरागमन जित

काठमाडौँ- साउदी प्रो लिग फुटबलमा अल नासरले पुनरागमन जित निकालेको

संस्कृति संरक्षण गर्न नौमती बाजा हस्तान्तरण

लमजुङ– परम्परागत संस्कृति संरक्षण गर्ने उद्देश्यले जिल्लाका दलित समुदायलाई नौमती

मृत्युमार्गको विकल्प सिद्धबाब सुरुङ (फोटो फिचर)

मनिष अर्याल/नेपाल फोटो लाइब्रेरी पाल्पा – मृत्युमार्गले परिचित सिद्धार्थ राजमार्गको

आँबुखैरेनी अस्पताललाई डायलाइसिस मेसिन प्रदान

तनहुँ– तनहुँको आँबुखैरेनी गाउँपालिकाद्वारा सञ्चालित आँबुखैरेनी अस्पताललाई दुई थान डायलाइसिस