निजगढ विमानस्थल निर्माणका लागि स्वीजरल्याण्डको सरकारी कम्पनी मात्रै योग्य | Khabarhub Khabarhub

निजगढ विमानस्थल निर्माणका लागि स्वीजरल्याण्डको सरकारी कम्पनी मात्रै योग्य


६ आश्विन २०७६, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– बहुप्रतीक्षित निजगढ अन्तर्राष्ट्रिय विमानस्थलको निर्माणका लागि स्वीजरल्याण्डको कम्पनी फ्लुगाफेन ज्यूरिच एजी मात्रै योग्य ठहरिएको छ ।

विभिन्न कम्पनीबाट आएका निर्माण प्रस्तावको अध्ययन पछि सरकारले स्वीजरल्याण्डको कम्पनी जूरिच एजीलाई योग्य ठहर गरेको हो ।

सोमबार बसेको लगानी बोर्डको बैठकले जूरिच एजीको निर्माण प्रस्ताव स्वीकृत गर्दै विस्तृत प्रस्ताव माग गर्ने निर्णय गरेको छ ।

गत चैतमा सम्पन्न लगानी सम्मेलनमा निजगढ अन्तर्राष्ट्रिय विमानस्थल निर्माण परियोजनालाई ‘सो–केश’मा राखिएको थियो ।

सम्मेलनमा सहभागी विभिन्न देशका कम्पनीमध्ये ६ वटा कम्पनीले निर्माणका लागि प्रारम्भिक प्रस्ताव पेश गरेका थिए ।

निर्माणको प्रस्ताव पेश गर्नेमा नेपाली कम्पनी म्याट्रिक्स इन्टरप्राइजेज, चिनियाँ कम्पनी चाइना स्टेट कन्स्ट्रक्सन इन्जिनियरिङ र चाइना एयरपोर्ट, फ्रान्सको कम्पनी भिन्ची एयरपोर्ट, भारतीय कम्पनी जीएमआर र स्वीजरल्याण्डको कम्पनी फ्लुगाफेन ज्यूरिच एजी थिए ।

निर्माणको प्रस्ताव पेश गर्नेमध्ये जूरिच एजीको प्रस्ताव मात्रै स्वीकृत भएको हो ।

जूरिच इन्टरनेशन एयरपोर्ट कम्पनीले स्वीजरल्याण्डको जूरिचमा एउटा विमानस्थल (जूरिच इन्टरनेशनल एयरपोर्ट) सञ्चालन गरिरहेको छ ।

यो कम्पनीले विभिन्न देशमा विमानस्थल सञ्चालन र व्यवस्थापनको काम गर्दै आएको छ । यो कम्पनीको अधिकांश शेयर स्वामित्व स्वीजरल्याण्ड (क्यान्टन अफ जूरिच) को समेत शेयर स्वामित्व छ ।

प्रकाशित मिति : ६ आश्विन २०७६, सोमबार  ३ : ५५ बजे

डोल्पामा हिउँ चितुवाको सङ्ख्या नेपालमै उच्च

डोल्पा । हिमाली जिल्ला डोल्पामा दुर्लभ वन्यजन्तु हिउँ चितुवाको सङ्ख्या

सगरमाथा आरोहणका लागि तीन सय ५२ आरोहीले लिए अनुमति

काठमाडौं । यस वर्षको वसन्तयाममा सगरमाथा आरोहणका लागि तीन सय

काठमाडाैंमा ‘रोडसाइड रोलकल’ सडक संवाद सुरु

काठमाडौं । जिल्ला प्रहरी परिसर काठमाडौंले आज स्वयम्भूस्थित महाचैत्य प्राङ्गणमा

भारतले रोक्यो नेपाली चियाको निर्यात

झापा । भारतले पटके गुणस्तर परीक्षणको नयाँ प्रावधान लागू गरेर

त्रिभुवन विमानस्थलबाट आठ सय ५० ग्राम सुनसहित एक महिला पक्राउ

काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट प्रहरीले करिब आठ सय ५०