‘सिने स्टार अवार्ड २०२०’ क्यानडामा हुने | Khabarhub Khabarhub

‘सिने स्टार अवार्ड २०२०’ क्यानडामा हुने


६ आश्विन २०७६, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – ‘सिने स्टार अवार्ड २०२०’ को घोषणा गरिएको छ । आइतबार राजधानीमा एक कार्यक्रमको आयोजना गर्दै क्यानडाको टोरन्टोमा कार्यक्रम हुने जानकारी दिइयो ।

आयोजकका अनुसार आगामी जनवरीको अन्तिम साता अवार्ड समारोह हुनेछ । हिल्सा इन्टरटेनमेन्ट प्रालि नेपालको मुख्य आयोजनामा अवार्ड कार्यक्रम सम्पन्न गर्न लागिएको हो ।

यस्तै अवार्डमा लायन्स क्लब टोरेन्टो क्यानडा र सिने मल्टीभिजन क्यानडाको समेत सहकार्य रहनेछ ।

हिल्सा इन्टरटेन्मेन्टका प्रबन्ध निर्देशक प्रतिक बुढाथोकीका अनुसार पर्यटन बर्ष २०२० लाई लक्षित गरेर क्यानडामा अवार्ड गरिने भएको हो । उनले विश्वव्यापीकरणको बाटोमा रहेको नेपाली चलचित्र उद्योगलाई अन्तर्राष्ट्रियकरण गर्न अवार्डले भूमिका निभाउने जिकिर गरे ।

कार्यक्रममा चलचित्र विकास बोर्ड अध्यक्ष केशव भट्टराई, बोर्ड पुर्व अध्यक्ष तथा वरिष्ठ कलाकार कृष्ण मल्ल, कलाकार संघ अध्यक्ष रविन्द्र खड्का, वरिष्ठ अभिनेता शिव श्रेष्ठ, अभिनेत्री आँचल शर्मा, पवित्रा आचार्य, अभिनेता सलोन बस्नेत, आमेश भण्डारी, निराजन प्रधान लगायतको उपस्थिति थियो ।

पर्यटन बर्ष लक्षित कार्यक्रमले राष्ट्रिय पर्यटन प्रवर्धनमा महत्त्वपूर्ण भूमिका खेल्ने पनि आशा गरिएको छ । दैनिक १ लाख बढी पर्यटकले भ्रमण गर्ने टोरन्टोमा अवस्थित विश्वकै सात आश्चर्यमध्येको एक नायग्रा फल्समा नेपाली चलचित्र र नेपाली पहिचानलाई पु¥याउने लक्ष्य रहेको आयोजकले जनाएको छ ।

ड्रिम हाइ नेपाल प्रालिको इभेन्ट ब्यवस्थापन र नेपाल चलचित्र कलाकार संघको विशेष सहयोगमा आयोजना हुने ‘सिने स्टार अवार्ड २०२०’ मा १२ विधामा अवार्ड वितरण गरिनेछ भने जुरी अवार्ड र लाइफटाइम एचिभमेन्ट अवार्ड गरी १४ विधामा अवार्ड तथा सम्मान वितरण गरिनेछ ।

२०७५ सालभरमा प्रदर्शनमा आएका फिल्महरुबाट उत्कृष्ट तीनको मनोनयन सार्वजनिक हुने आयोजकले जनाएको छ । अवार्ड जनवरी ३१ तारिखमा हुनेछ । अवार्डको निर्णायकमा मोहन निरौला, रमेश बुढाथोकी र दिनेश डिसी लगायत छन् । निर्णायक टिमको मुल्याङ्कनको आधारमा सम्बन्धित विधामा उत्कृष्ट मनोनयन चयन गरिने जनाइएको छ ।

प्रकाशित मिति : ६ आश्विन २०७६, सोमबार  ३ : ३९ बजे

सुशासन र विकास पार्टीको ‘एजेण्डा’ हुनुपर्छ : गगन थापा

सुदूरपश्चिम– नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले विकास र सुशासन पार्टीको

सुदूरपश्चिममा अन्योल, एकीकृत समाजवादीलाई मुख्यमन्त्री दिन गृहकार्य !

धनगढी– सुदूरपश्चिममा नयाँ सरकार निर्माण बारे अन्योलता बढेको छ ।

राष्ट्रियसभा अध्यक्ष दाहालसँग गणतन्त्र कोरियाका संसदीय टोलीको भेट

काठमाडौं– राष्ट्रियसभाका अध्यक्ष नारायण प्रसाद दाहालसँग नेपाल भ्रमणमा रहेको गणतन्त्र

वन्यजन्तु सप्ताह : सामुदायिक वनमा चरा अवलोकन

भरतपुर– २९औँ वन्यजन्तु सप्ताहअन्तर्गत सोमबार चितवनमा चरा अवलोकन गरिएको छ

महालेखापरीक्षकमा राया सर्वसम्मत अनुमोदन

काठमाडौं–  संसदीय सुनुवाइ समितिले महालेखापरीक्षकमा सिफारिस भएका तोयम रायालाई सर्वसम्मतिले